खसोखास विशेष

स्वयम्भूबाट सूर्यविनायकसम्म साझा यातायात

यात्रुको सुविधालाई मध्यनजर गर्दै साझा यातायातले आफ्नो सेवा आजदेखि काठमाडौँको स्वयम्भूदेखि भक्तपुरको सूर्यविनायकसम्म विस्तार गरेको छ । काठमाडौँ, ललितपुर र उपत्यकाबाहिरका केही स्थानमा समेत आफ्नो सेवा विस्तार गरेको साझा यातायातले आजदेखि भक्तपुरमा पनि आफ्नो सेवा सुरु गरेको कामु प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार बिहान छ देखि राति ९ बजेसम्म साझा …

झापाको दमकमा विश्वकै अग्लो बुद्धमूर्ति निर्माण हुने, डिपीआर तयार

झापाको दमकमा निर्माण हुने विश्वकै अग्लो बुद्धको मूर्ति निर्माणका लागि विस्तृत आयोजना तयार गरिएको छ । दमक नगरपालिकाका अनुसार विराट बुद्धप्रतिमा आयोजनाको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) ले अन्तिमरुप पाएको छ । नगरपालिकाका कार्यकारी अधिकृत युवराज दाहालले प्रस्तावित उक्त योजनाको डिपिआर तयार भएर बताउनुभयो । उहाँले प्रारम्भिक चरणमा भनिएको भन्दा आयोजनाको लागत अनुमान बढ्ने देखिएको जानकारी …

सत्ता परिवर्तनको हतार नगर्न अध्यक्ष ओलीको आग्रह

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले दोस्रो चरणको स्थानीय तहको निर्वाचन नभएसम्म सत्ता परिवर्तनको हतार नगर्न सत्तागठबन्धन दललाई आग्रह गर्नुभएको छ । आज यहाँ आयोजित पत्रकार भेटघाटमा उहाँले निर्वाचन गराउने, नीति कार्यक्रम र बजेट ल्याउने कामहरु छाडेर नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)लाई सरकार लिन र छाड्नका लागि देखिएको हतारोले निर्वाचन प्रभावित हुन सक्नेतर्फ गम्भीर …

उफ गर्मी ! (फोटो फिचर)

मंगलबार काठमाडौंको तापक्रम ८८ डिग्रीसम्म पुग्यो । काठमाडौंमा बढेको गर्मीसँगै काठमाडौंबासीहरु शितलताका उपायहरु खोज्न थालेका छन् । छातादेखि रुखको छहारी र स्वीमींग पुलसम्मको सहारा लिएर काठमाडौंबासीहरु गर्मी छल्ने प्रयास गरिरेहका छन् । काठमाडौंको तापक्रम बढेको बेलामा खसोखासका फोटोग्राफर दीपेन्द्र ढुंगानाले खिचेका केही तस्विरहरु ।    

बेलायतमा भएको आतङ्ककारी हमलाको नेपाल सरकारबाट निन्दा

नेपाल सरकारले बेलायतको म्यान्चेस्टर एरेनास्थित एक कन्सर्टमा गए राति भएको आतङ्ककारी हमलामा परी १९ जनाको ज्यान गएको घटनाको निन्दा गरेको छ । परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले बेलायतका विदेशमन्त्री बोरिस जोनसोनलाई आज पत्र लेखी उक्त हमलामा परी १९ जनाको ज्यान गएको समाचारले आफू र नेपाल सरकारलाई अत्यन्त दुःखी बनाएको बताउनुभएको छ । उहाँले यस दुःखद घडीमा …

ठूला दलहरुको नैतिकता छ भने संसदको निर्वाचन गराउनुपर्थ्यो : संयोजक भट्टराई

नयाँ शक्ति नेपालका संयोजक डा.बाबुराम भट्टराईले ठूला दलहरुको नैतिकता हुन्थ्यो भने संसदको निर्वाचन गराउनुपर्ने बताउनुभएको छ । मंगलबार बिहान कञ्चनपुरमा आयोजित पत्रकार भेटघाटमा उहाँले भन्नुभयो, ‘उहाँहरुको नैतिकता हुन्थ्यो भन्नुभयो संविधान बनाउन पाएको म्याण्डेट लिएर अहिलेसम्म सत्तामा बसिराख्ने होइन, सुरुमै संसदको निर्वाचन गराउनु पर्दथ्यो ।’ उहाँले संघीयतामा गइसकेपछि सुल्टो भनेको पहिले केन्द्र, अनि प्रदेश र त्यसपछि …

ट्रम्प साउदी अरबपछि इजरायल र प्यालेस्टाइनतिर

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वको भ्रमणका क्रममा साउदी अरबपछि इजरायल र प्यालेस्टाइनको भ्रमणका लागि सोमबार तेलअभिभका लागी छुट्नुभएको छ । ट्रम्पको विमान साउदी अरबबाट यहुदीहरुको राज्य इजरायलका लागि सिधा उडान भर्ने सम्भवत पहिलो विमान हुनेछ । साउदी अरबको बसाइपछि राष्ट्रपति ट्रम्प सिधै तेल अभिभका लागि छुट्नुभएको हो । इजरायलमा रहँदा ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलगायतका …

गोसाइँकुण्डमा भक्तजनको आगमन सुरु

रसुवा गङ्गा दशहरा पर्वमा स्नान गर्ने भक्तजन गोसाइँकुण्ड जाने क्रम सुरु भएको छ । जिन्दगीमा एकपटक भए पनि पुग्नैपर्ने पवित्र तीर्थ गोसाइँकुण्डमा गङ्गा दशहरा अवसर पारी भक्तजन स्नान तथा पूजापाठका लागि आगमन सुरु भइसकेको र यस वर्षको गङ्गा दशहरा पर्व यही जेठ १२ देखि सुरु भई २१ गतेसम्म चल्ने स्थानीय पुरोहित टङ्कप्रसाद ढकालले बताउनुभयो । …

१०८ फिटको महादेव मूर्तिको निर्माण कार्य सुरु

कास्कीको धार्मिक पर्यटकीयस्थल पुम्दीकोटमा १०८ फिटको महादेव मूर्तिको निर्माण कार्य सुरु भएको छ । पशुपतिनाथ मन्दिरका मूल पुजारी हिलियना गणेश भट्टले आज निर्माण कार्यको थालनी गर्दै माछापुच्छ«ेको काखमा अवस्थित धार्मिक एवम् ऐतिहासिकस्थल पुम्दीकोटमा हुन लागेको विशाल महादेव मूर्ति निर्माण कार्यको सफलताको शुभकामना व्यक्त गर्नुभयो । पश्चिमाञ्चल क्षेत्रीय प्रशासक यमकुमारी खतिवडाले पुम्दीकोटमा निर्माणाधीन विशाल महादेव मूर्तिलगायत …

प्रचण्डले जेठ १० गते राजिनामा दिने

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री पदबाट जेठ १० गते राजिनामा दिने भएका छन् । सोही मितिमा राजिनामा दिने पार्टीले निर्णय नै गरेको केन्द्रीय कार्यालय सदस्य मणि थापाले जानकारी दिएका छन् । काँग्रेस पार्टीसँग भएको सहमतिअनुसार प्रचण्डले सरकार छाडेर काँग्रेसको नेतृत्वमा नयाँ सरकार गठन गरिने भएको छ । यसअगाडि प्रचण्डले सरकार कहिले छाड्ने भन्ने विषयमा विभिन्न …

 

Like us on Facebook
Close
Please Like us
By clicking any of these buttons you can like us.
error: Content is protected !!