अप्रिल १ देखि अमेरिकी नागरिकता आवेदनमा भएका ५ परिवर्तन


प्रकाशित मिति : चैत्र १९, २०८० सोमबार

अप्रिल १ देखि अमेरिकी नागरिकता आवेदन एन ४०० मा विभिन्न ५ वटा परिवर्तनहरु  भएका छन् । नागरिकता आवेदन एन ४०० को अपडेटेड भर्सन अप्रिल १ पछि उपलब्ध भइसकेको छ । अनलाइनबाट फाइल गर्नेहरुका सन्दर्भमा यो अनलाइनमा स्वत लागु भइसकेको छ ।

पहिलो, फर्ममा अतिरिक्त लिंगका विकल्पहरु छन् । फारमले अब लैङ्गिक पहिचानको फराकिलो दायरालाई समायोजन गर्न अतिरिक्त लिङ्ग विकल्प अर्थात् लिङ्ग एक्स प्रदान गर्दछ।

दोश्रो, फारममा धेरै डाटा तत्वहरूमा परिवर्तनहरू गरिएका छन्।  ती विवरणहरु अब एन ४०० आवेदनमा हेर्न सकिन्छ ।

तेश्रो, फारम एन ४०० को नयाँ संस्करणबाट केही क्षेत्रहरू हटाइएका छन्।

चौथो, आवेदकहरुले अब नागरिकता आवेदन फारम भर्दा नै सोसल सेक्युरिटी नम्बरको रेकर्डमा अध्यागमन स्थीति अपडेटका लागि अनुरोध गर्न सक्छन् । जसले गर्दा अमेरिकी नागरिकता प्राप्त भइसकेपछि सोसल सेक्युरिटी कार्यालयमा गएर सोसल सेक्युरिटी रेकर्ड अपडेट गर्ने झन्झट हुनेछैन ।

पाँचौं, अप्रिल १ अगाडि बायोमेट्रिक सहित नागरिकता आवेदन शुल्क ७२५ डलर लाग्दै आएकोमा अप्रिल १ पछि कागजीरुपमा फाइल गर्दा ७६० र अनलाइनबाट फाइल गर्दा ७१० डलर शुल्क तिर्नुपर्नेछ ।

यदि आवेदकले फारम एन ४०० को पूरानो संस्करण अनलाइन भर्न सुरु गरेको र मार्च ३१ भन्दा अगाडि नै पेश नगरेको भएमा पुराना ड्राफ्टहरू अनलाइन प्रक्रियाबाट मेटाइएका छन् । अप्रिल १ पछि नयाँ संस्करण प्रयोग गरेर पुन अनलाइनबाट भर्नुपर्नेछ , पहिले भरेको विवरण सेभ हुनेछैन ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com