कागजपत्रविहिनलाई अमेरिकी कानुनको लुपहोल प्रयोग गर्न उक्साउने टिकटकर आइसबाट पक्राउ


प्रकाशित मिति : चैत्र १८, २०८० आईतबार

कागजपत्रविहिन आप्रवासीलाई अमेरिकी कानुनको लुपहोल प्रयोग गर्न उक्साउने टिकटकरलाई अमेरिकी अध्यागमन एजेन्सी आइसले पक्राउ गरेको छ । भेनेजुएलाका ती आप्रवासी ओहायोबाट पक्राउ परेका छन् । उनले अमेरिकामा अन्य कागजपत्रविहिन  आप्रवासीहरूलाई कसरी मानिसहरूको घर कब्जा गर्न सकिन्छ भन्दै उक्साएको भिडियो टिकटकबाट भाइरल भएको थियो ।

लियोनेल मोरेनो नामका ती व्यक्तिलाई आइसको डेट्रोइट फिल्ड अफिसले गिरफ्तार गरेको थियो । उनलाई संघीय हिरासतमा राखिएको छ । उनलाई शुक्रबार ओहायोको कोलम्बसमा एजेन्सीको  टोलीले समातेको थियो। आइसले उनलाई पक्राउ गरेर थप अध्यागमन कारवाहीको प्रकृयाका लागि हिरासतमा राखिएको बताएको छ ।

मोरेनो अवैध रूपमा अमेरिकामा अप्रिल २३, २०२२ मा प्रवेश गरेका थिए । सीमा गस्तीले उनलाई अल्टरनेटिभ टु डिटेन्सन अर्थात एटीडी कार्यक्रममा राखेको थियो । तर उनी आफ्नो गन्तव्यमा आइपुगेको ६० दिन भित्र आइस कार्यालयमा रिपोर्ट नगरी फरार भएका थिए।

मोरेनोले पहिले उनको परिवारले सरकारी सुविधा अन्तरगत हप्तामा ३५० डलर प्राप्त गरिरहेको बताएका थिए । त्यस्तै टिकटकमा भिडियो बनाएर टिकटकरका रुपमा उनले हरेक दिन १ हजार डलरभन्दा बढी कमाएको दावी गरेका थिए । ५ लाख भन्दा बढी फलोअर भएको उनको टिकटक एकाउन्ट यस हप्ताको सुरुमा निष्क्रिय भएको थियो, तर इन्स्टाग्राममा उनको उपस्थिति कायमै छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मोरेनोले टिकटकमार्फत परित्याग गरिएका घरहरूलाई कसरी सुकुम्बासीको अधिकार प्रयोग गरेर कब्जा गर्ने भन्नेबारे सिकाएका थिए । त्यसपछि तिनीहरूलाई नाफाको लागि बेच्नेबारे उनले भिडियो बताएका थिए । उनका केही अफ्रिकी साथीहरूले यसरी अमेरिकामा पहिले नै सातवटा घरहरू लिएको उनले बताएका थिए ।

टिकटक भिडियोमा उनले अमेरिकाको एउटा घर कब्जा गर्ने बारे सोचेको तथा कोही नबस्ने घर सुकुम्बासीले कब्जा गर्न सक्ने कानुन भएको आफूले थाहा पाएको बताएका थिए । उनले काम गरेर जीविकोपार्जन गर्नेहरुको पनि खिल्ली उडाएका थिए ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com