क्यानडामा मंगलबारदेखि अन्तर्राष्ट्रिय विद्यार्थीलाई असिमित घण्टा काम गर्न नदिइने, अब हप्तामा २० घण्टामात्र


प्रकाशित मिति : बैशाख १७, २०८१ सोमबार

CN tower, Canada

क्यानडाको अध्यागमन एजेन्सी आईआरसीसीले अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई शैक्षिक सत्र चलिरहेको बेलामा समेत हरेक हप्ता असीमित घण्टा क्यानाडामा क्याम्पस बाहिर काम गर्न अनुमति दिने अस्थायी नीति अप्रिल ३० मंगलबार समाप्त हुने घोषणा गरेको छ। नीति विस्तार नगरिने जनाईको छ भने मे १, २०२४ देखि विद्यार्थीहरूले प्रति हप्ता २० घन्टा मात्र क्याम्पस बाहिर काम पाउनेछन् ।

क्यानडामा पहिले पनि विद्यार्थीहरुले अन्तर्राष्ट्रिय क्याम्पसबाहिर प्रतिहप्ता २० घण्टामात्र काम गर्न पाउने नीति रहेकोमा पछि आईआरसीसीले नयाँ अस्थायी नीति ल्याएको थियो । यद्यपी आगामी सेप्टेम्बर देखि नोभेम्बरको बीचमा आईआरसीसीले अन्तर्राष्ट्रिय विद्यार्थीहरूले प्रति हप्ता क्याम्पस बाहिर २४ घण्टासम्म काम गर्न सक्नेगरी घण्टा बढाउने अपेक्षा गरिएको छ।

विद्यार्थीहरू मुख्य रूपमा अध्ययनमा ध्यान केन्द्रित गरुन् भन्ने उदेश्यले यो नीति ल्याइएको हो । साथै अन्तर्राष्ट्रिय विद्यार्थीहरू अध्ययनका लागि नभई कामका लागि विद्यार्थी भिसामा क्यानडा आउन खोज्ने उद्देश्यलाई निरुत्साहन गर्नका लागि यो नीति ल्याइएको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नयाँ नीतिले अपर्याप्त रकम लिएर क्यानाडामा बस्नका लागि विद्यार्थीहरू आउनबाट रोक्न गत जनवरीमा लागू गरिएको नीतिकै निरन्तरता हो । जनवरी १ देखि लागु हुनेगरी विद्यार्थी भिसाका आवेदकहरूले जीवनयापनको लागि लागत एकल आवेदकको सन्दर्भमा १० हजार क्यानेडियन डलरबाट बढाएर २० हजार ६ सय ३५ डलर बनाइएको थियो ।

थप रुपमा अध्ययन गर्न छोड्ने वा कम समय अध्ययन गर्नको लागि आफ्नो पाठ्यक्रमको भार घटाउनेहरु क्याम्पसबाहिर काम गर्नका लागि योग्य हुँदैनन् । योग्य विद्यार्थीहरूले निर्धारित छुट्टीहरुमा पूर्ण समय अर्थात् प्रति हप्ता ४० घण्टासम्म काम गर्न सक्नेछन् ।

क्यानडाले देशमा आवास र स्वास्थ्य सेवामा परेको दबाबलाई सम्बोधन गर्ने प्रयास स्वरुप आगामी दुई वर्षसम्म देशमा आउने विदेशी विद्यार्थीहरूको संख्या सीमित गर्ने सिमाबन्दी लगाइसकेको छ । यो सिमाबन्दीले विदेशी विद्यार्थीको अध्ययन अनुमतिको स्वीकृतिमा ३५ प्रतिशत कमी ल्याउने भएको छ । सन् २०२२ मा ८ लाख विदेशी विद्यार्थीहरु क्यानडामा अध्ययनरत थिए, जुन संख्या एक दशक अगाडि २ लाख १४ हजारमात्र रहेको थियो ।

नयाँ उपायहरू प्रणालीको अखंडता सुनिश्चित गर्नका लागि पनि रहेको अधिकारीहरूले बताएका छन् । अध्यागमन मन्त्री मार्क मिलरले यो वर्ष स्नातक अध्ययनका लागि करिब ३ लाख ६० हजार भिसा अनुमति स्वीकृत गर्ने लक्ष्य राखेको बताएका छन् । जुन २०२३ को तुलनामा ३५ प्रतिशत कम हो ।

यो सिमाबन्दी डिप्लोमा वा स्नातक कार्यक्रमका विद्यार्थीहरूलाई मात्र लागू हुनेछ । अध्ययन अनुमति नवीकरणको लागि आवेदन गर्ने विद्यार्थीहरूलाई यसले असर गर्दैन।भिसामा लगाइएको सिमाबन्दीको दुई वर्षपछि पुन मूल्याङ्कन गरिनेछ, जुन समयसम्म सरकारले क्यानाडाली कलेजहरू र विश्वविद्यालयहरूका लागि पहिले घोषित मान्यता प्राप्त संस्थाहरूको रूपरेखा अपनाउने योजना बनाएको छ, जस अन्तर्गत निश्चित मापदण्डहरू पूरा गर्ने संस्थाहरूलाई मान्यता दिन सकिन्छ र अध्ययन अनुमतिहरूको प्राथमिकता प्रक्रियाबाट फाइदा लिन सकिन्छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com