नसुनिएका आवाज

एक घर एक रोजगारी,नेपाल बन्द नगर्ने राप्रपाकाे प्रतिवद्धता

स्थानीय तह निर्वाचन लागि राष्ट्रिय प्रजातन्त्र पार्टीले बुधवार घोषणा पत्र सार्वजनिक गरेको छ।  नेपालबन्द निषेध गर्ने, एक घर एक रोजगारीसहितका योजनाहरु पनि घोषणा पत्रमा रहेकाछन्। चुनाव सम्पन्न भएको एक महिनाभित्र आर्थिक अवस्थाको सर्वेक्षण गर्ने र विपन्न परिवारका लागि सुविधाका कार्यक्रम ल्याउने तथा पाँच वर्षभित्र गरीबीको रेखामुनी रहेका परिवारलाई माथि उकास्ने कार्यक्रम पनि घोषणापत्रमा उल्लेख छ्न्। …

श्रीमानले खोसे मताधिकार

श्रीमानका कारण नागरिकता बनाउन नपाएका तराइका धेरै महिलाले स्थानीय तहको निर्वाचनमा भोट हाल्न नपाउने भएका छन् । अमृता अनमोल /लुम्बिनी कालीदहकी निर्मला धवल (३२) पहिलो संविधानसभाको चुनावमा भोट हाल्न पाउँदा निकै हर्षित थिइन् । पछि, आफूले रोजेको उम्मेदवारले नै जितेपछि उनका लागि भोट हाल्नु गर्वकै विषय बनेको थियो । तर, दोस्रो संविधानसभाको चुनावमा मतदान गर्न …

बृहत्तर बिद्यालय सुरक्षा ढाँचाको खाँचो

गमला लामा/बिदूर  । बालबालिकाहरूले बिद्यालय क्षेत्रमा पूर्णतः सुरक्षित महशुस हुने वातावरणका लागि सरोकारवालाहरूको ध्यानाकर्षण गराएका छन् । बालबालिकाहरूले आफ्नो दैनिकीको ठूलो हिस्सा बिताउने भएकाले पनि बिद्यालयका भौतिक संरचना सुरक्षित र बालमैत्री हुनुपर्ने धारणा राखेका छन् । नुवाकोट जिल्लाको बिदूर नगरपालिकामा मंसीरको अन्तिम साता सम्पन्न बाल भेलाका क्रममा यस्तो धारणा राखेका हुन् । बिदुर नगरस्तरीय बाल …

मुलुककै पहिलो पाठशाला भूकम्प गएको दुई वर्षपछि पनि टहरामै पठनपाठन

विनाशकारी भूकम्पले क्षति पुर्याएका राजधानीका अधिकांश विद्यालय पुनःनिर्माण नहुँदा बालबालिका अझै टहराभित्र आफ्नो पढाइलाई निरन्तरता दिन बाध्य छन् । भूकम्पले विद्यालय रहेको भवन भत्किएपछि नयाँ भवन निर्माण हुन नसक्दा मुलुककै पहिलो पाठशालाका रुपमा स्थापित दरबार हाइस्कुल भानु माविका विद्यार्थी यतिबेला टहरामा बसेर पढ्न बाध्य छन् । भूकम्पले भवन भत्काएको दुई वर्ष बितिसक्यो तर नयाँ भवन …

अझै,जोखिम घरमै बस्न बाध्य छन् भूकम्पपीडित

चितवनको विकट क्षेत्रमापर्ने साविक सिद्धी गाविसको सिन्थी गाउँका ७८ वर्षका भीमबहादुर मगरका परिवार भूकम्पले भत्काएको जोखिमघरमै बस्न बाध्य छन् । भूकम्पले घरको भित्ता लडाएको छ र चोटाको एकापट्टिको पाखासमेत छैन । ‘ढुङ्गाको गाह्रो लगाएर बनाएको घर कुनबेला ढल्ने हो पत्तो छैन’ । त्यही घरमा मर्मतसमेत नगरी उनका परिवार बसिरहेका छन् । ‘अहिलेसम्म कतैबाट राहत नपाएको …

अध्यक्ष नहुँदा एमाले अनिर्णित

पार्टीका अध्यक्ष केपी शर्मा ओली विदेश रहेका कारण नेकपा (एमाले) को आइतबारका लागि तय भएको केन्द्रीय कमिटीको आठौँ बैठक स्थगित भएको छ । स्थानीय तह निर्वाचनका लागि घोषणापत्रलाई अन्तिम रुप, आन्तरिक व्यवस्थापन र उम्मेदवार चयनबारे छलफल हुने सो बैठक केही दिनका लागि स्थगित भएको एमालेका सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिनुभयो । …

१०३ वर्षमा बल्ल घरकाे बास

राजकरण महताे / बर्दिबासः ‘राम्रो घर पाएँ, साह्रै खुसी लागेको छ’, दशकौं बाख्राको खोरमा बिताएकी बर्दिबास १ की १०३ वर्षीया मरनी सादाले नयाँ घरको बरन्डामा बसेर धुर्मुस-सुन्तलीसँग खुसी साट्दै भन्नुभयो, ‘पहिला बाख्रा बाँध्ने ठाउँमा सुत्थें, बाबु । पानी पर्दा छानो चुहिन्थ्यो । जाडोमा न्यानो ओछ्यान र ओढ्ने थिएन । आगो तापेर रात काट्थें । तपाईंहरूले …

नयाँ वर्षमा घुम्न यता जाने कि !

नयाँ वर्षमा तपाईं काठमाडौं बाहिर जाने समय छैन वा उपत्यका भित्रै कतै घुम्न जाने सोचमा हुनुहुन्छ भने यी ठाँउमा जानुहाेस् । बसन्तपुर दरबार क्षेत्र, पाटन दरबार क्षेत्र,भक्तपुतर दरबार क्षेत्र ,ठमेलको शोप्न बगैचा , पशुपती नाथ, शोयम्भुनाथ स्तुपा बौद्ध स्तुपा / ललितपुरको खोकना अादि ।  यि ठाउँहरु इतिहास बोकेका पुराना ठाँउहरु हुन जुन  क्षेत्रमा तपाईं आफ्नो पुरा …

विभागीय टोलीले धानेको महिला फुटबल

राष्ट्रिय महिला फुटबल टोलीमा पूर्णकालीन खेलाडी नहुँदा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलहरुमा सेना र प्रहरीका खेलाडीमा निर्भर हुनुपरेकाे छ । नवीन लुईटेल चार महिनाअघि भारतको सिलगुढीमा सम्पन्न चौथो साफ महिला च्याम्पियनसीपमा नेपाली टोली सेमिफाइनलसम्म पुग्दा धेरैको प्रतिक्रिया थियो, नेपाली टोलीले देशको ‘मान’ राख्यो । तर, टोलीलाई देशको मान राख्नुभन्दा आफ्नै अस्तित्व जोगाउन मुश्किल परेको देखिन्छ । …

मन्त्री थापा स्वास्थ्य शिविरमा

नेपाली नागरिकलाई आफनै मुलुकमा पर्याप्त र गुणस्तरिय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्धेश्यका साथ आफू लागि परेको बताउनु भएको छ । स्वास्थ्य मन्त्रालय र नेपाली सेनाको सहकार्यमा रौतहटको गौरमा भईरहेको निःशुल्क साताव्यापी सघन स्वास्थ्य शिविर अबलोकनपछि पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले पर्याप्त स्वास्थ्य सेवा नभएर नै शिविरमा भिड भएको बताउनु भयो । स्वास्थ्य मन्त्री थापाले अस्पतालको सुदृढिकरणको …

 

Like us on Facebook
Close
Please Like us
By clicking any of these buttons you can like us.
error: Content is protected !!