अप्रिल १ पछि अमेरिकी नागरिकता आवेदनमा हुने ५ परिवर्तन


प्रकाशित मिति : चैत्र १६, २०८० शुक्रबार

अप्रिल १ पछि अमेरिकी नागरिकता आवेदन एन ४०० मा विभिन्न ५ वटा परिवर्तनहरु हुने भएका छन् । नागरिकता आवेदन एन ४०० को अपडेटेड भर्सन अप्रिल १ पछि उपलब्ध हुने भएको छ । अनलाइनबाट फाइल गर्नेहरुका सन्दर्भमा यो अनलाइनमा स्वत लागु हुनेछ ।

पहिलो, फर्ममा अतिरिक्त लिंगका विकल्पहरु हुनेछन् । फारमले अब लैङ्गिक पहिचानको फराकिलो दायरालाई समायोजन गर्न अतिरिक्त लिङ्ग विकल्प अर्थात् लिङ्ग एक्स प्रदान गर्दछ।

दोश्रो, फारममा धेरै डाटा तत्वहरूमा परिवर्तनहरू गरिएका छन्। यद्यपि, यी अपडेटहरुका बारेमा विशेष विवरण अहिले नै प्रदान गरिएको छैन। ती विवरणहरु अप्रिल १ पछि हेर्न सकिनेछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

तेश्रो, फारम एन ४०० को नयाँ संस्करणबाट केही क्षेत्रहरू हटाइएका छन्। कुन कुन क्षेत्रहरु हटाइएका छन् भन्ने पनि अझै खुलाइएको छैन ।

चौथो, आवेदकहरुले अब नागरिकता आवेदन फारम भर्दा नै सोसल सेक्युरिटी नम्बरको रेकर्डमा अध्यागमन स्थीति अपडेटका लागि अनुरोध गर्न सक्छन् । जसले गर्दा अमेरिकी नागरिकता प्राप्त भइसकेपछि सोसल सेक्युरिटी कार्यालयमा गएर सोसल सेक्युरिटी रेकर्ड अपडेट गर्ने झन्झट हुनेछैन ।

पाँचौं, अप्रिल १ अगाडि बायोमेट्रिक सहित नागरिकता आवेदन शुल्क ७२५ डलर लाग्दै आएकोमा अप्रिल १ पछि कागजीरुपमा फाइल गर्दा ७६० र अनलाइनबाट फाइल गर्दा ७१० डलर शुल्क तिर्नुपर्नेछ ।

यदि आवेदकले फारम एन ४०० को हालको संस्करण अनलाइन भर्न सुरु गरेको भएमा त्यसलाई मार्च ३१ भन्दा अगाडि नै पेश गर्नुपर्नेछ । त्यसपछि पुराना ड्राफ्टहरू अनलाइन प्रक्रियाबाट मेटाइनेछन् । अप्रिल १ पछि नयाँ संस्करण प्रयोग गरेर पुन अनलाइनबाट भर्नुपर्नेछ , पहिले भरेको विवरण सेभ हुनेछैन ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com