अमेरिकाको नर्थ क्यारोलिनामा ८ जना सुरक्षा अधिकारीमाथि गोली प्रहार, तीनजनाको मृत्यु


प्रकाशित मिति : बैशाख १७, २०८१ सोमबार

नर्थ क्यारोलिनाको शार्लोटमा भएको गोलीकाण्डमा ३ जना सुरक्षा युएस मार्शल टास्क फोर्सका अधिकारीको मृत्यु भएको छ भने अन्य ५ जना अधिकारीहरू घाइते भएका छन् । मृत्यु हुनेमा एक डेपुटी यूएस मार्शल र दुईजना एस मार्शलको स्थानीय टास्क फोर्सका अधिकारीहरू छन् ।

शार्लोट मेक्लेनबर्गका प्रहरी प्रमुख जोनी जेनिङ्सले सोमबार साँझको पत्रकार सम्मेलनमा घटनाको क्रममा कुल आठ सुरक्षा अधिकारीहरूमाथि गोली प्रहार भएको जानकारी दिएका हुन् । ग्याल्वे ड्राइभको ५००० ब्लकमा गोलीकाण्ड भएको थियो । बन्दुक सम्बन्धि अपराधमा दोषी ठहर भएका एक अपराधीलाई पक्राउ गर्न गएका सुरक्षा अधिकारीमाथि गोली प्रहार भएको हो ।

अधिकारीहरुलाई शक्तिशाली राइफलबाट गोली प्रहार भएको थियो । सुरक्षा अधिकारीको जवाफी कारवाहीमा घरको अगाडिको आँगनमा संदिग्धको मृत्यु भएको छ । गोली पहार गर्ने व्यक्ति बन्दुकको अभियोगमा दोषी ठहर भएका व्यक्ति नै रहेको जनाइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

गोली लागेका चारजना शार्लोट मेक्लेनबर्ग प्रहरी अधिकारीहरू हुन् । एकजनाको गम्भीर अवस्थामा अस्पतालमा अस्पथालमा उपचार भइरहेको छ भने अन्य अधिकारीहरुको अवस्था स्थिर रहेको छ ।

अधिकारीहरूले मृतक र घाइतेका परिवारलाई घटनाबारे जानकारी दिइरहेकाले मृतक र घाइतेको नाम सार्वजनिक गरिएको छैन । घटनापछि दुईजना व्यक्तिमाथि प्रहरीले सोधपुछ गरेको छ ।

अधिकारीहरूले सोमबार दिउँसो घटनास्थल क्लीयर गरेका थिए भने बासिन्दाहरूलाई घरभित्र बस्न आवश्यक नभएको बताएका थिए । यसअगाडि स्थानीय बासिन्दाहरुलाई घरबाहिर ननिस्कन चेतावनी दिइएको थियो ।

कभरमा शार्लोट मेक्लेनबर्गका प्रहरीको फाइल फोटो

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com