प्यालेष्टाइन समर्थकबाट कोलम्बिया युनिभर्सिटीको भवन कब्जा र तोडफोडको ह्वाइटहासबाट निन्दा
प्रकाशित मिति : बैशाख १८, २०८१ मंगलबार
TOPSHOT – Protestors wave Palestinian flags on the West Lawn of Columbia University on April 29, 2024 in New York. Student demonstrators at Columbia University, the epicenter of pro-Palestinian protests that have erupted at US colleges, said Monday they would not budge until the school met their demands, defying an ultimatum to disperse or face suspension. (Photo by TIMOTHY A. CLARY / AFP)
कोलम्बियामा रातभरको विरोध पछि प्यालेष्टाइन समर्थक प्रदर्शनकारीहरुले क्याम्पस भवनहरू कब्जामा लिएको घटनाको ह्वाइट हाउसले निन्दा गरेको छ । कोलम्बिया विश्वविद्यालयमा रातारात प्रदर्शनकारीहरूले विश्वविद्यालय भवन कब्जा गर्नु गलत भएको ह्वाइटहाउसले बताएको छ।
राष्ट्रपति बिडेनले अभिव्यक्ति स्वतन्त्रताको अधिकारलाई सम्मान गर्ने तर विरोधहरू शान्तिपूर्ण र कानुनी हुनुपर्ने ह्वाइटहाउसका डेपुटी प्रेस सेक्रेटरी एन्ड्रयु बेट्सले बताएका छन् । जबरजस्ती भवनहरू कब्जा गर्नु शान्तिपूर्ण नभएको र यो गलत भएको ह्वाइटहाउसले बताएको छ । घृणायुक्त भाषण र घृणाका प्रतीकहरूलाई अमेरिकामा कुनै ठाउँ नभएको ह्वाइट हाउसको भनाई छ ।
राष्ट्रपति बाइडेन आफ्नो जीवनभर घृणा, यहुदी विरोधी धब्बा र हिंस्रक भाषणको विरुद्धमा उभिएको तथा उनले छन्। उनले इन्टिफादा शब्दको प्रयोगको निन्दा गरेका छन् । हालका दिनहरूमा दुखद र खतरनाक घृणायुक्त भाषणहरू भइरहेको ह्वाइटहाउसले जनाएको छ ।

प्रदर्शनकारी विद्यार्थीहरूले ह्यामिल्टन हल कब्जा गरेपछि कोलम्बियाका अधिकारीहरूले मोर्निंगसाइड हाइट क्याम्पसमा पहुँचमा प्रतिबन्ध लगाएको घोषणा गरेका छन् । त्यहाँ विश्वविद्यालय आवासीय भवनहरूमा बस्ने विद्यार्थीहरू र आवश्यक सेवाहरू प्रदान गर्ने कर्मचारीहरूले मात्र पहुँच पाउनेछन् ।
क्याम्पस भित्र र बाहिर जाने एक मात्र पहुँच बिन्दु ११६ औं स्ट्रीट र एम्स्टर्डम गेट हो । अन्य सबै क्याम्पस प्रवेश बिन्दुहरू बन्द रहेका छन् । परिस्थिति नबदलिएसम्म यो प्रतिबन्ध कायम रहने जनाइएको छ ।
प्यालेस्टिनी समर्थक प्रदर्शनकारीहरूले कोलम्बिया विश्वविद्यालयको शैक्षिक भवनमा आक्रमण गरेर कब्जा गरेका छन् । प्रदर्शनकारीहरुले मंगलबार बिहान विद्यालयको ह्यामिल्टन हलमा झ्यालहरू भत्काउन हथौडा प्रयोग गरेको भिडियोहरुमा देखिएको छ । उनीहरुले आफूहरुलाई ह्यामिल्टन हलमा बन्द गराएका छन् ।






