यताउताबाट

फ्रान्सका नयाँ राष्ट्रपति एमानुएल माक्रोंद्धारा आज शपथ ग्रहण,अर्थतन्त्रलाई ऊर्जाशील बनाउने प्रतिज्ञा

राष्ट्रपतीय चुनावमा विजयी भएको एक सातापछि फ्रान्सका नयाँ राष्ट्रपति एमानुएल माक्रोंले आज शपथ ग्रहण गरेका छन्। शपथ ग्रहणपछि सम्बोधन गर्दै माक्रोंले फ्रान्सको भविष्यप्रति आफूले जनताको विश्वास पुनः फर्काउने बताएका छन् । सोमबार उनले नयाँ प्रधानमन्त्रीको नाम सार्वजनिक गर्ने अपेक्षा गरिएको छ। शपथ ग्रहण लगत्तै उनी प्यारिसस्थित एलीसी प्यालेस भनिने राष्ट्रपति निवासमा सरेका छन्।शपथ ग्रहणपछि माक्रोंलाई …

साउदीको आममाफीका लागि भन्दै कामदारबाट पैसा असुल्ने नेपाली पक्राउ

साउदीले दिएको आममाफी अभियान अन्तरगत पीडितबाट पैसा लिएको भन्दै एक नेपालीलाई नेपाली दूतावासले प्रहरीको जिम्मा लगाएको छ । अभियानमा सहयोग गर्न गठन गरिएको समितिका सदस्य तथा प्रवासी नेपाली मञ्चका कार्यवाहक अध्यक्ष परशुराम मिश्रलाई प्रहरीको जिम्मा लगाइएको हो । दूतावासका अनुसार मिश्रले आममाफीको अवसरमा नेपाल फर्कन चाहने पूर्णधन राई, रामथापा मगर र कमानसिंह थापासँग ६ हजार …

कलाकारदेखि पूर्वयुवराजसम्म ड्रगको नशामा

– नवराज मैनाली / नयाँ पत्रिका नारायणटारका २२ वर्षीय सञ्जीव श्रेष्ठको परिवारलाई नपुग्ने केही छैन । १०–१२ वटा गाडी छन्, व्यापार राम्रो चलेको छ । तैपनि परिवारमा ठूलो तनाव छ । कारण सञ्जीवले विगत १० वर्षदेखि लागुऔषध सेवन गर्दै आएका छन् । दुव्र्यसनबाट छुटाउन उनको परिवारले के मात्र गरेन ? २–३ वटा पुनस्र्थापना केन्द्रमा राखे । उनका सबै इच्छा पूरा गरिदिए । …

मोर्चाद्वारा सरकारलाई दिएको समर्थन फिर्ता

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । निर्वाचनपूर्व संविधान संशोधन हुनुपर्ने अडानमा रहेको मोर्चाले मंगलबार मध्यरातबाट सरकारलाई दिएको समर्थन राजनीतिक रूपमा फिर्ता भइसकेकाले सरकारविरुद्ध आन्दोलनको कार्यक्रममा जाने बताएको छ । मंगलबार बसेको मोर्चाको सचिवालय बैठकले विगतमा भएको तीनबुँदे सहमतिको औचित्यता सकिएको भन्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएको बताएको हो । ‘अब …

एमाले र मधेसी मोर्चाका कारण सप्तरी तनाबग्रस्त

नेकपा एमालेको मेची–महाकाली अभियान अन्तरगत आज सप्तरीमा सभा हुँदैछ । मधेसी मोर्चाले प्रर्दशन सुरु गरेको छ भने केहि प्रर्दशनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । राजविराजमा हुने जनसभाको स्थान मधेशी मोर्चाको व्यापक बिरोधपछि परिवर्तन गरिएको छ । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले बिरोधका कार्यक्रम सार्वजनिक गरेपछि राजविराजस्थित राजरंगशालामा हुने भनिएको कार्यक्रम स्थल परिवर्तन गरेर जिल्लाको बसबिट्टी गाविसस्थित …

ओबामाले उनका उपराष्ट्रपति जो बाईडनलाई पनि व्हाइट हाउसमा रुवाए

विजय थापा ,वाशिंगटन डिसी मानिसलाई दुख पर्दा अधिकांश समय रुन्छन l सुखमा रुने पनि कमि छैन l थाहा नै नपाई हर्ष को आँशु आफै आई दिन्छ l त्यस्तै गरि अमेरिकाका राष्ट्रपति बराक ओबामाले आफ्ना दाहिने हात तथा प्रिय उपराष्ट्रपति जो बाईडन लाई वाशिंगटन डिसी स्थित राष्ट्रपति भवनमा रुन बाध्य बनाई दिएका छन् l ओबामाले सिकागोमा …

९५ वर्षीय बृद्धलाई जेलमा भेटेपछि डा.भट्टराईको प्रश्न,‘यो लोकतन्त्र हो कि के हो ?’

सप्तरी /नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले मुलुकको प्रमुख समस्याको रुपमा रहेको सिमाङ्कन विवाद मिलाउन दुई विकल्पहरु अगाडी सारेका छन् । पार्टीगत कामका लागि शनिवार राजविराज पुगेका संयोजक डा. भट्टराईले आईतवार पत्रकारहरुसित कुराकानी गर्दै सिमाङ्कन विवाद मिलाउन दुईवटा विकल्प अघि सारे ।भट्टराईका दुई विकल्प ‘पहिलो विकल्पः आयोगका अनुसार तराई–मधेसमा दुई र हिमाल–पहाडमा ८ गरी …

ढाका टोपी शिरैमा…(फोटोफिचर)

अाज अंग्रेजी नयाँ वर्षको पहिलो दिन अर्थात् जनवरी एकलाई नेपाली युवाले टोपी दिवसको रुपमा मनाउन थालेका छन् । नेपाली युवायुवतीले धुमधामले  अंग्रेजी नयाँ वर्ष मनाउने प्रचलन बढ्दै गएका बेला केहि सामाजिक सञ्जाल प्रयोगकर्ताले उक्त दिनलाई टोपी दिवसका रुपमा मनाउने अभियान थालेका हुन् । ती अभियानकर्ताले आज चौथो अन्तर्राष्ट्रिय टोपी दिवस मनाइरहेका छन् । उनीहरुले सबैलाई …

कामचोरलाई थप भत्ता

सरकारी कर्मचारीको कामचोर र घुसखोरी प्रवृत्तिका कारण कार्यसम्पादन नै धराशयी भइरहेका बेला पहुँचवाला निकायहरूको दबाबमा सरकारले कामै नगर्ने कर्मचारीलाई तलबको ५० देखि सय प्रतिशतसम्म अतिरिक्त भत्ता उपलबध गराउँदै आएको छ। कर्मचारीलाई प्रोत्साहन गर्न भन्दै चालू आर्थिक वर्ष २५ प्रतिशतसम्म तलब वृद्धि गरेको सरकारले कतिपय कर्मचारीलाई सय प्रतिशतसम्म अतिरिक्त भत्ता दिएको हो। ​पहुँचवाला निकायको दबाबमा सीमित …

जागिरको प्रलोभनमा भारत पुर्‍याए, होस खुल्दा मिर्गाैला गायब

रोजगारी प्रलोभनमा गत साउनमा भारत पुगेका चितवनका दीपक नेपाली एक्कासि बेहोस भए । ब्युँझदा उनी अस्पतालको शय्यामा थिए । उनको काखीमा अप्रेसन गरिएको थियो । ‘तिमीलाई त गुन्डाहरूले छुरा हाने नि,’ रोजगारीको प्रलोभनमा दिल्लीमा पुर्‍याएका साथी विकास तिमिल्सिनाले नेपालीलाई भने, ‘हामीले यहाँ ल्याएर उपचार गर्दै आएका छौँ ।’ रोजगारीका लागि ल्याएका साथीले नै त्यसरी उपचार …

 

Like us on Facebook
Close
Please Like us
By clicking any of these buttons you can like us.
error: Content is protected !!