२ बर्ष अगाडि अमेरिका आएका श्रवण सुवेदीको अवस्था न्युयोर्कमा चिन्ताजनक, सहयोगको अपिल


प्रकाशित मिति : बैशाख १८, २०८१ मंगलबार

२ बर्ष अगाडि अमेरिका आएका श्रवण कुमार सुवेदीको न्युयोर्कको अस्पतालमा चिन्ताजनक अवस्थामा उपचार भइरहेको छ । दाङको तुलसीपुर १६, उत्तर कुरहरियाका सुवेदीको विगत ४ महिनादेखि घाँटी र टाउकोको क्यान्सरका कारण एल्महर्स्ट अस्पतालमा उपचार भइरहेको थियो ।

तर अहिले उनको अवस्था चिन्ताजनक रहेको र क्वीन्सको जमैका अस्पतालको आईसीयुमा भेन्टिलेटरमा राखिएको छ । न्युयोर्कको एल्महर्स्टमा बस्दै आएका ३९ बर्षीय सुवेदीका आफन्त नेपालबाट आउने प्रकृयामा रहेको जनाइएको छ ।

सुवेदीका आफन्त नआउँदासम्म भेन्टिलेटरमा नै राखिने परिवार निकट हेम राज सुबेदी र साथी गोविन्द प्रसाद पाण्डेले जानकारी दिएका छन् । नेपालबाट आफन्तको भिसाकालागी पहल भइरहेको राप्ती समाज न्युयोर्कले जनाएको छ ।

परिवारको आर्थिक स्थीति कमजोर रहेका कारण आर्थिक सहयोगको अपिल गरिएको छ । राप्ती सेवा समाज न्युयोर्कको पहलमा सुरु गरिएको गोफण्डमीमा सहयोगका लागि सबैलाई अनुरोध गरिएको राप्ती सेवा समाज न्युयोर्कका नेता टेक बहादुर केसीले जानकारी दिएका छन् ।

सहयोगका लागि यहाँ क्लीक गर्नुहोला ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com