नेपालबाहिरको नेपाल - KHASOKHAS

नेपालबाहिरको नेपाल

टेक्सासमा बन्दुकको शिकार बनेका प्रज्ववललाई सहयोग रकम हस्तान्तरण

अमेरिकाको टेक्सासमा बन्दुकको शिकार बनेका नेपाली प्रज्ववल कर्णलाई सहयोग रकम हस्तान्तरण गरिएको छ । नेपलिज हेरिटेज युनियनको पहलमा गो फन्ड मी मार्फत उठेको रकम हस्तान्तरण गरिएको हो । संस्थाका कार्यकारी अध्यक्ष बाबुराम बस्याल , उपाध्याय बसिल अर्याल र सचिब कर्ण बोगटीको उपस्थीतिमा ११२२ डलर ६६ सेन्टसको चेक हस्तान्तरण गरिएको हो । प्रज्ववलले सहयोग गर्ने सम्पूर्ण …

द्वन्दकालमा टुहरा बनेका बाल बालिकालाई दक्षिण क्यालिफोर्नियाका नेपालीहरुको सहयोग

मातृभूमि नेपालले माओवादी द्वन्दकालमा ब्यहोरेको हिंसा र विद्रोही पक्षद्वारा अभिभावक गुमाएका बाल बालिकाहरुलाई आश्रय दिने सामाजिक अभियन्ता राजन विश्वकर्माले स्थापना गर्नु भएको डेभिड राजन मेमोरियल अन्तराष्ट्रिय विद्यालयमा अध्यनरत विद्यार्थीहरुको सहयोगार्थ दक्षिण क्यालिफोर्नियाका नेपालीहरुले एक लाख दश हजार नेपाली रुपियाँ सहयोग प्रदान गरेका छन् । हामि नेपालीका अन्तराष्ट्रिय उपाध्यक्ष टेक लामा ‘वाइबा’को पहलमा अमेरिका भ्रमणमा रहनु …

अमेरिकामा नेपालीको रक्षाबन्धन

अमेरिकामा रहेका नेपालीहरुले पनि जनै फेरेर र डोरो लगाएर रक्षाबन्धन तथा जनैपूर्णिमा मनाएका छन् । न्युयोर्कमा रहेको रिजउड दुर्गा मन्दिरमा रक्षाबन्धनका अवशरमा रक्षाबन्धन पूजन तथा धारण कार्यक्रम समेत राखिएको छ । बिहिबार विहानैदेखि दुर्गामन्दिरमा रक्षाबन्धन र जनैधारणका लागि नेपालीहरु पुगेका छन् । पण्डित हरिनारायण सापकोटा र उद्धव शास्त्रीले मन्दिरमा पुग्नेहरुलाई रक्षाबन्धन र जनै धारण गराएका …

कस्केली समाज अमेरिका संयोजकमा पराजुली

कस्केली समाज अमेरिकाको संयोजकमा न्यूजर्सी निवासी श्री पराजुली सर्वसम्मत चयन भएका छन् । मंगलबार बसेको कस्केलीहरुको बैठकले सामाजिक कार्यमा सक्रिय कास्की सिद्ध गाविसमा जन्मिएका पराजुलीलाई संयोजकमा चयन गरेको हो । सामाजिक कार्य संगै एनआरएनए अमेरिकामा समेत सक्रिय रहेका पराजुली लामो समयदेखी अमेरिकामा छन् । गठित समितिको उपसंयोजकमा कृष्ण लामिछाने, केदार पहारी, शिव बायिना, महेन्द्र अधिकारी …

नेपाली चलचित्र “आप्पा” न्यूयोर्कमा प्रदर्शन हुने

दयाहाङ राई अभिनित ‘आप्पा’ नेपाली चलचित्र नेपालसँगै भारतको २५ वटा हलहरुबाट एक साथ प्रदर्शन भइ सकेको छ। दर्शक हरु बाट निकै राम्रो प्रतिकृया आएको हिट चलचित्र “आप्पा” अब यही अगस्ट २५ तारिक मा न्यूयोर्क को गुलसन टेरेसमा प्रदर्शन हुने भएको छ। वाइज इन्टर्नेस्नल इन्टर्टेन्मेन्ट ले उक्त चलचित्र लाई प्रदर्शन मा ल्याउन लागेको हो। २० डलर …

घरेलु र लैंगिक हिंशाबिरुद्ध बृत्तचित्र बनाउँदै क्यालिफोर्नियाका नेपाली युवा

क्यालिफोर्नियामा बस्दै आएका नेपाली युवाको समुहले घरेलु हिंशाबिरुद्धको बृत्तचित्र बनाउने भएका छन् । लैगिक र घरेलु हिंसा विरुद्ध जनचेतना जगाउन बृत्तचित्र बनाउन लागेको डोल्मा लामाले जानकारी दिनुभयो । बृत्तचित्रको छायांकन क्यालिफोर्निया लसएन्जल्समा विभिन्न स्थानमा छायांकन गरिएको छ । राईज अप नामको उक्त बृत्तचित्रको छायांकन समाप्त भइसकेको छ भने अब छिट्टै सार्वजनिक हुने तयारी रहेको छ …

नेपालका प्रदेश नम्बर ३ का सदस्यहरु खडका र लामाको न्युयोर्कमा स्वागत

नेपालको प्रदेश नम्बर ३ का सदस्यहरु बिशाल खडका र आंगडेन्डी लामाको न्युयोर्कमा स्वागत गरिएको छ । प्रवासी नेपाली एकता मंच अमेरिकाको उत्तरपूर्वी क्षेत्रिय कमिटिको आयोजनामा स्वागत तथा अन्तरकृया गरिएको हो । प्रवासी नेपाली मंच अमेरिका र जनप्रगतिशील मंच अमेरिकाको एकताले जन्माएको संस्थाका उत्तरपूर्वी क्षेत्रका अध्यक्ष टेक गुरुङको संयोजकत्वमा न्युयोर्कको ट्याङ्ग्रा मसला रेस्टुरेन्टमा कार्यक्रम गरियो । …

दुर्घटनापछि सिड्नी विमानस्थलबाट भाग्न खोज्दा नेपाली विद्यार्थी भट्टराई पक्राउ

दुईजना नेपाली विद्यार्थीहरु समिक्षा सुवेदी र गोपाल भण्डारीको मृत्यु भएको दुर्घटनाका चालक नेपाली विद्यार्थी सिड्नीबाट विमान चढेर भाग्न खोज्दा विमानस्थलबाटै पक्राउ परेका छन् । २२ बर्षका चालक सागर भट्टराई घटनाबारे अनुसन्धान चलिरहेकै बखत सिड्नी छाडेर बाहिरिन खोज्दा पक्राउ परेका हुन् । शुक्रबार बेलुका ७ बजे विमान चढ्न लाग्दा उनलाई प्रहरीले पक्राउ गरेको जनाइएको छ । …

न्युयोर्क आसपासका काभ्रेली संगठीत हुँदै, पं उद्धब शास्त्रीको संयोजकत्वमा तदर्थ समिति

नेपालको काभ्रे जिल्लाबाट न्युयोर्क र आसपासमा बसोबास गर्नेहरु संगठीत भएका छन् । आपसी जान पहिचान, दुख सुख तथा चाडपर्बहरूमा भेटघाट गर्दै प्रवासमा समेत गाउँ ठाउँमा बसे जस्तै समाज निर्माणमा जुटेको उनीहरुको भनाई छ । ज्याक्सन हाइटमा भएको भेलाले पं उद्धब शास्त्रीको संयोजकत्वमा नारायण प्रसाद तिमल्सिना, उद्धब प्रसाद हुमगाई , जनक भण्डारी तथा मोहन विष्ट सदस्य …

पोर्चुगलमा नेपाली पाठशाला,  कखरा सिक्दै बालबालिका

भरत प्रधान/ पोर्चुगाली भाषा बोल्न र लेख्न सक्ने सदीक्षा गौतम यतिबेला कखरा सिक्न तल्लीन छिन् । लण्डनमा जन्मेकी र पोर्चुगलमा हुर्केकी सदीक्षा भर्खरै सात वर्षकी भइन् । विदेशमै जन्मेकी र विदेशी भूमिमै हुर्केकी सदीक्षाले नेपाली भाषा बोल्न सक्ने भए पनि लेख्न भने सक्दिनन् तर पोर्चुगाली भाषा बोल्न मात्र होइन खरर लेख्न पनि सक्छिन् । सदीक्षालाई …

WP2Social Auto Publish Powered By : XYZScripts.com