आजदेखि केही ग्रिनकार्ड आवेदन पठाउने ठेगानामा परिवर्तन, सर्भिस सेन्टरहरुमा पठाए रिजेक्ट


प्रकाशित मिति : चैत्र १९, २०८० सोमबार

अप्रिल १ देखि लागु हुनेगरी युएससीआईएसले निश्चित प्रकारका रोजगारमा आधारित ग्रिनकार्ड आवेदनको फाइलिङ ठेगाना परिवर्तन गरेको छ । रोजगारमा आधारित ग्रिनकार्डका लागि आई १४० पिटिसन र ग्रिनकार्ड आवेदन आई ४८५ एकसाथ फाइल गरेर साथमा शीघ्र प्रकृयाका लागि अनुरोध गरिएका आवेदनहरुका लागि फाइलिङ ठेगाना परिवर्तन गरिएको हो ।

सम्बन्धित आवेदनहरु ट्राभल डकुमेन्ट, वर्क परमिट र पहिले स्वीकृत आवेदन वा याचिकामा थप कारबाही अनुरोध गर्ने आई ८२४ आवेदन पेश गर्दा पनि नयाँ ठेगाना प्रयोग गर्नुपर्नेछ ।

यो परिवर्तन युएससीआईएसको दक्षता बढाउने ठूला प्रयासहरूको एक हिस्सा भएको र यो कदमले यी फारमहरूको सर्भिस सेन्टरसम्बन्धित एजेन्सीका लागतहरू घटाउने अपेक्षा गरिएको छ। यो परिवर्तनले युएससीआईएसलाई फारमहरूको डिजिटलाइजेसन केन्द्रीकृत गर्न मद्दत गर्नेछ भने श्रोत र प्राथमिकताहरूमा आधारित वर्कलोडहरू समायोजन र वितरण गर्ने युएससीआईएसको क्षमता बढाउनेछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अप्रिल १ देखि नै नयाँ ठेगानामा पठाउनुपर्ने भएतापनि एकमहिनाका लागि पनि सहुलियत अवधि प्रदान गरिएको छ । तर मे २ पछि भने युएससीआईएसका सर्भिस सेन्टरमा प्राप्त एकसाथ फाइल गरिएका आई १४०, आई ४८५ र शीघ्र प्रकृया आवेदन आई ९०७ अस्वीकृत गरिने युएससीआईएसले जनाएको छ ।

त्यस्तै मे २ पछि सर्भिस सेन्टरमा प्राप्त प्राप्त सम्बन्धित आवेदनहरु ट्राभल डकुमेन्ट, वर्क परमिट र पहिले स्वीकृत आवेदन वा याचिकामा थप कारबाही अनुरोध गर्ने आई ८२४ आवेदनपनि अस्वीकृत गरिनेछ । युएससीआईएसले आवेदकहरुलाई सम्भव र उपलब्ध भएसम्म अनलाइनमार्फत नै आवेदन पेश गर्न सुझाव दिदै आएको छ ।

यदि लाभग्राही अलाबामा, कनेक्टिकट, डेलावर, वासिंटन डिसी, फ्लोरिडा, इलिनोय, इन्डियाना, आयोवा, कन्सास, केन्टकी, मेन, मेरील्याण्ड, म्यासाचुसेट्स, मिशिगन, मिनेसोटा, मिसिसिपी, मिजौरी, नेब्रास्का, न्यू ह्याम्पशायर, न्युजर्सी, न्युयोर्क, नर्थ क्यारोलिना, नर्थ डकोटा, ओहायो, पेन्सिलभेनिया, पोर्टोरिको, रोड आइल्याण्ड, साउथ क्यारोलिना, साउथ डाकोटा, टेनेसी, भर्मन्ट, भर्जिनिया, वेस्ट भर्जिनिया र विस्कन्सिनमा काम गर्ने भएमा इलिनोयको ठेगानामा आवेदन पठाउनुपर्नेछ । अन्य राज्यमा काम गर्ने भएमा एरिजोनाको ठेगानामा पठाउनुपर्नेछ ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com