स्वास्थ्य नै धन

बाथ मुटुरोगीको भल्व र शल्यक्रिया आजदेखि निःशुल्क

बाथ मुटुरोगीको भल्व र शल्यक्रिया निःशुल्क गर्ने स्वास्थ्य मन्त्रालयको घोषणा आजदेखि लागु हुन लागेको छ ।  शहीद गंगालाल हृदय केन्द्रको बार्षिकोत्सवका अवसरमा गत माघ १५ गते स्वास्थ्य मन्त्री गगनकुमार थापाले गर्नु भएको घोषणा आजदेखि लागु हुन लागेको हो । नेपालमा मुटु रोगको समस्या बढ्दै गएको बाथ मुटुरोगको उपचार, शल्यक्रिया, औषधिलगायतका सेवा निःशुल्क गरिएको उहाँले बताउनु …

सामुदायिक अस्पतालका नाममा करोडौँ दुरुपयोग

सामुदायिक अस्पतालका नाममा स्वास्थ्य मन्त्रालयबाट हुने करोडौ रुपैँया मनपरी वितरण गर्ने प्रबृत्ति अब नियन्त्रण हुने भएको छ । अहिलेसम्म बर्षेनी झण्डै ५० करोड रुपैँया कुनै मापदण्ड विना वितरण हुँदै आएकोमा अब भने मापदण्ड अनुसार मात्रै वितरण गरिने भएको हो । स्वास्थ्य मन्त्रालयले बनाएको सामुदायिक अस्पताल अनुदान निर्देशीका लागू भईसकेकाले राज्यकोषको दुरुपयोग धेरै न्युनिकरण हुने स्वास्थ्य …

अधिकांश स्वास्थ्य केन्द्रमा औषधिको अभाव

जिल्लाका दुर्गम क्षेत्रका अधिकांश स्वास्थ्य केन्द्रमा औषधिको अभाव छ । निकै विकट मानिने पश्चिम दाङको पञ्चकुले स्वास्थ्यचौकीमा सिटामोल र मेट्रोनिडाजोलबाहेक कुनै पनि औषधि नभएको स्वास्थ्यचौकी इन्चार्ज पशुपतिराज केसीले बताउनुभयो । कम्तीमा ३५ प्रकारका औषधि स्वास्थ्यचौकीमार्फत निःशुल्करुपमा उपलब्ध गराउँदै आएको सरकारको दाबी छ । “कति भयो कति औषधि माग गरेको, पाँच महिनादेखि यस्तै अवस्था छ, इन्चार्ज …

कुष्ठरोगीको पीडा

उपचारपछि निकोहुने भएपनि कुष्ठरोगप्रति रहेको अन्धविश्वासका कारण अहिले पनि उपचारबाट निको रहेका व्यक्तिलाई परिवारले स्वीकार नगर्दा अर्कैको आश्रयमा बाँच्न वाध्य छन् । इन्दिरा खनाल / शरीरमा फुर्सा र सेता दाग देखिंदा बाबु–आमाले धामीझाक्रीको सट्टा अस्पताल पु¥याएको भए ६२ वर्षीय खगीसरा गुरुङ्ग जिन्दगीभर अपाङ्ग भएर बाँच्नुपर्ने थिएन । परिवारले गरेको त्यही सानो गल्तीले उनको जिन्दगीको सुख …

गर्दनको हाड खिइए फिजियोथेरापी

    गोमा थापा/ फिजियोथेरापिस्ट, अर्थोपेडिक अस्पताल, जोरपाटी खानपिन, रहनसहन, चालचलन, आसनलगायत विषयमा ध्यान नदिँदा धेरैलाई शारीरिक समस्याले सताउन थालेको छ । आजकाल धेरै नेपालीलाई गर्दनको हाड खिइने समस्याले सताउन थालेको छ । मानिसले विलासी जीवन जिउने, नियमित रूपमा व्यायाम नगर्ने, स्वास्थ्यको विषयमा ख्याल नगर्ने, समयमा नखाने, हेलचेक्र्याइँ गर्ने, टाउकोलाई तनाव लिने, गहकिलो भारी बोक्ने …

४१ वर्षदेखि शिक्षण अस्पतालभित्रै गाडिन्छ शव

असोजमा ८४ र पुसमा ५३ शव गाडियो – शिक्षण अस्पताल परिसरकै जम्मा आठ आना जग्गामा ४१ वर्षदेखि बेवारिसे शव गाडिँदै आएको छ । ६ महिनायता मात्र १३७ शव गाडिएको छ । असोजमा ८४ र पुस अन्तिममा ५३ वटा शव त्यहाँ एकैपटक गाडिएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगन्ज परिसरभित्र आठ आना खाली जग्गा छ । …

डा. केसीको सरकारलाई तीन हप्ताको अल्टिमेटम

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जका प्रा डा गोविन्द केसीले सरकारले आफूसँग गरेको सम्झौता कार्यान्वयनका लागि तीन हप्ताको समय दिएका छन्। आज प्रेस विज्ञप्ति जारी गर्दै प्रा डा केसीले त्रिवि कार्यकारी परिषद्ले आफूसँग भएको सहमति विपरीत विद्यार्थी भर्ना र शुल्कसम्बन्धी अधिकार आइओएम फ्याकल्टी बोर्डबाट हटाएको भन्दै विरोध गरेका छन् । काठमाडौँ विश्वविद्यालयको उपकुलपतिमा रामकण्ठ माकाजुलाई नल्याउन …

प्रदूषणको अर्बौ रकम प्रयोगहीन

सरकारले ‘प्रदूषण नियन्त्रण गर्ने’ नाममा उठाएको अर्बौं रकम प्रयोगविहीन बनेको छ । वातावरण मन्त्रालय र मातहतका विभागलाई भने प्रदूषण नियन्त्रणसम्बन्धी कार्यक्रम सञ्चालन गर्न बजेट अभाव छ । व्यवस्थापिका संसद्को उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध उपसमितिले नेपाल आयल निगमले इन्धन बिक्री गर्दा करबापत सरकारलाई बुझाएको शीर्षकअनुसारको विस्तृत प्रतिवेदन र करबापत उठाइएको रकमको उपयोगितासम्बन्धी जानकारी उपलब्ध …

स्वास्थ्यमन्त्री थापालाई मन्त्रालयको दरबन्दीबारे जानकारी छैन

स्वास्थ्यमन्त्री गगनकुमार थापाले आफ्नो मन्त्रालयअन्तर्गत कति दरबन्दी छ भन्ने जानकारी हालसम्म थाहा नभएको बताए । ग्रीनतारा नामक गैरसरकारी संस्थाद्वारा तयार पारिएको स्वास्थ्य प्रवद्र्धनसम्बन्धी प्रतिवेदन आज सार्वजनिक गर्ने कार्यक्रममा मन्त्री थापाले मन्त्रालयअन्तर्गत चिकित्सक, जनस्वास्थ्यकर्मी, अहेब, नर्स, प्यारामेडिसियन, प्रयोगशालामा काम गर्ने प्राविधिकलगायत प्राविधिक जनशक्ति एवम् अन्य जनशक्तिको दरबन्दी सङ्ख्या र ती दरबन्दीमा को कुन स्थानमा काम गर्छन् …

स्वास्थ्य संस्थालाई फागुनसम्मको अल्टिमेटम

दर्ता विना सञ्चालनमा रहेका निजी स्वास्थ्य संस्थाहरुलाई फागुन महिनाभित्र दर्ता गर्न सरकारले कडा निर्देशिका जारी गरेको छ । स्वास्थ्य मन्त्री गगनकुमार थापाले जिम्मेवारी सम्हालेपछि अनुगमन गर्दा  अधिकांश निजी स्वास्थ्य संस्था अवैध देखिएपछि मन्त्रालयले स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नती मापदण्ड सम्बन्धी निर्देशिका संशोधन सहित जारी गर्दै कानुनी दायरामा आउन निर्देशन दिएको हो । नयाँ निर्देशिका …




Like us on Facebook
Close
Please Like us
By clicking any of these buttons you can like us.