दम्पत्ति र बच्चाबाहेक अरुलाई ग्रिनकार्ड नदिने बिल ल्याउँदै रिपब्लिकन सांसद


प्रकाशित मिति : चैत्र २०, २०८० मंगलबार

अमेरिकाको प्रतिनिधिसभाका केही रिपब्लिकन सांसदहरुले अमेरिकी नागरिक वा ग्रिनकार्डवाहकका दम्पत्ति र २१ बर्ष नपुगेका छोराछोरीबाहेक अरुलाई ग्रिनकार्ड नदिने बिल संसदमा ल्याउने भएका छन् । संसदमा अध्यागमनको विषय विभाजनको ठूलो रेखा बनिरहेको छ जसमा डेमोक्र्याटहरूले आप्रवासी मुद्दाहरूमा मानवीय केन्द्रित दृष्टिकोणको लागि जोड दिएका छन् भने रिपब्लिकनहरु बलियो सीमा सुरक्षा नीतिहरूमा जोड दिइरहेका छन् । यही अवस्थामा नयाँ बिल ल्याउन लागिएको हो ।

एरिजोनाका रिपब्लिकन सांसद एली क्रेनले अमेरिकालाई कानूनी अध्यागमनको दृष्टिकोणलाई परिवर्तन गर्ने बिल ल्याउन लागेका हुन् । क्रेन कन्जरभेटिभ फ्रिडम ककसका सदस्य समेत हुन् । उनले आफूले ल्याउन लागेको बिलबारे मंगलबार घोषणा गरेका हुन् ।

हालको परिवारमा आधारित ग्रिनकार्ड प्रणालीले अमेरिकाको अध्यागमन प्रणालीमा विदेशी नागरिकहरूको अनन्त शृङ्खलाहरूको परिणाम ल्याएको उनको भनाई छ । साथै आप्रवासीहरूका टाढाका नातेदारहरूलाई अमेरिकामा आउन र भिसाका लागि पर्खने क्रममा अवैध रूपमा बसोबास गर्न प्रोत्साहित गरेर अवैध आप्रवासलाई प्रोत्साहन दिएको उनको दावी छ ।

(साउल लोब / एएफपी )

आफूले ल्याउन लागेको बिलले परिवारमा आधारित ग्रिनकार्ड केवल पति वा पत्नी र बच्चाहरूलाई मात्र सीमित गर्ने तथा अमेरिकामा परिवारमा आधारित ग्रिनकार्ड वा आप्रवासी भिसा जारी गर्ने तरिकालाई परिवर्तन गर्ने उनको भनाई छ । यसले बुढेसकालका आमाबाबुको हेरचाह गर्न विशेष परिस्थितिहरूमा अपवादहरूको लागि अनुमति दिने उनले बताएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

हाल अमेरिकाले परिवारमा आधारित दुई प्रकारका आप्रवासी भिसा र ग्रिनकार्डहरू प्रदान गर्दछ। पहिलो अमेरिकी नागरिकका पति, पत्नी, २१ बर्ष ननाघेका बच्चा वा अभिभावकलाई आप्रवासी भिसा र ग्रिनकार्डहरू प्रदान गरिन्छ, जसमा बार्षिक कोटा छैन । अर्को अमेरिकी नागरिकका २१ बर्ष नाघेका छोराछोरी, दाजुभाई दिदीबहिनी, ग्रिनकार्डवाहकका दम्पत्ति र छोराछोरी लगायतलाई आप्रवासी भिसा र ग्रिनकार्डहरू प्रदान गरिन्छ, जसमा आर्थिक बर्षको सिमित कोटा हुनेगर्छ ।

एरिजोनाका सांसद एन्डी बिग्स, भर्जिनियाका बब गुड, इलिनोयका मेरी मिलर, फ्लोरिडाका बिल पोसे र मोन्टानाका म्याट रोसेन्डेलले बिललाई को स्पोन्सर गर्दैछन् । तर बिल प्रतिनिधिसभाबाट पारित भएपनि सिनेटबाट पारित हुन र राष्ट्रपतिले हस्ताक्षर गर्न भने सहज छैन ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com