नयाँ के छ

‘सम्पत्ति हडप्न ज्यानै लिए’

– दीपक परियार श्रावण ८, २०७४- आफू निरक्षर। पत्नी सुस्त मनस्थितिकी। बुढेसकालमा जन्मेका पाँच छोरी र एक छोरा। पोखराको मुख्य बजारमा करोडौंको सम्पत्ति थियो ६८ वर्षीय लोकप्रसाद सुवेदीको। आफन्तका अनुसार भाडामा बस्नेले उक्त सम्पत्ति हडप्न खोज्दा पोखरा नयाँबजारका यी वृद्धले ज्यानै गुमाउनुपरेको छ । पुख्र्यौली घर पर्वतको, ठानामौला भएका सुवेदीको २४ वर्षअघि पोखराकी शारदा पराजुलीसँग बिहे …

लागूऔषध कारोबारीलाई गोली हान्ने आदेश

इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले लागूऔषध कारोबारीलाई गोली हान्न सुरक्षा अधिकारीहरूलाई निर्देशन दिएका छन्। विडोडोले लागूऔषध कारोबारका कारण देश संकटमा परेको उल्लेख गर्दै कारोबारी गरेको देख्नेबित्तिकै गोली हान्ने आदेश दिएका हुन्। राजनीतिक दलको कार्यक्रममा विडोडोले पहिलेजस्तो विदेशी लागूऔषध कारोबारीहरूलाई पक्रेर मात्रै समस्या समाधान नहुने बताए। उनको यो निर्णयलाई फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुर्टेटेको लागूऔषधविरुद्धको हिंसात्मक कदमसँग तुलना …

कांग्रेस नालायक हो भन्दै पार्टी छाड्ने, एमालेलाई गाली गर्ने ?

– ईश्वर पोखरेल ६ मध्ये ५ वटा प्रदेशमा एमाले पहिलो पार्टी भएको छ । २ नम्बर प्रदेशमा असोज २ गते हुने चुनावलाई हामीले अली सिरियसली लिएका छौं । पार्टीले २ नम्बर प्रदेशको वस्तुस्थितिबारे बुझ्न मलाई भनेको छ । म केही दिनमै तराईका जिल्ला जाँदैछु । सामान्यत: दुई नम्बर प्रदेशमा हामी पहिलो पार्टी हुँदैछौं । प्रश्न उठ्छ- …

अमेरिकी राष्ट्रपति कार्यालयका प्रेस सचिवद्वारा राजिनामा

अमेरिकी राष्ट्रपति कार्यालयः ह्वाइट हाउसका प्रेस सचिव सिन स्पाइसरले राष्ट्रपति डोनाल्ड ट्रम्पसँग मतभिन्नता प्रकट गर्दै आफ्नो पदबाट आज राजिनामा दिएका छन् । स्पाइसरसँग परामर्श नै नगरी ह्वाइट हाउसको सञ्चार निर्देशक पदमा राष्ट्रपति ट्रम्पले न्युयोर्कका एकजना धनाढ्य तथा लगानीकर्ता एन्थोनी स्कारामुस्सिलाई अकस्मात् नयाँ नियुक्ति दिनु भएपछि यसमा चरम असन्तुष्टि प्रकट गर्दै स्पाइसरले राजिनामा दिएका हुन् । …

लमजुङको बेंसीसहरमा मध्यरातमा आगलागी, २० लाखको धनमाल क्षति भएको अनुमान

– आश गुरुङ श्रावण ८, २०७४- बेंसीसहर नगरपालिका वडा नं. ७ हाइस्कुल चोकको एउटा घरमा मध्यरात आगलागी हुँदा ३ वटा पसल पूर्ण रुपमा क्षति भएको छ । आगलागी हुँदा २० लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान प्रहरीले गरेको छ । प्रहरीको अनुसार हेमप्रसाद घिमिरेको घरमा राति आगलागी भएको हो । उक्त घरमा रहेको रामबहादुर विकको …

आईसीसीको यो पत्रका आधारमा कायम हुनेभयो जोशीको उम्मेदवारी

एनआरएन अमेरिकाको निर्वाचन आयोगलाई एनआरएन आईसीसीले गौरी जोशीको सन्दर्भमा आज लेखेको पत्रका आधारमा कायम हुनेभयो जोशीको उम्मेदवारी कायम हुने भएको हो । निर्वाचन आयोगले दावीविरोधपछि प्रकाशित हुने उम्मेदवारहरुको अन्तिम सुचीमा जोशीको नाम समावेश गर्ने तयारी गरेको छ । यसअगाडि निर्वाचन आयोगले जारी गरेको उम्मेदवारको सुचीमा गौरी जोशीको नाम समावेश गरिएको थिएन । जोशीको उम्मेदवारी विधानसम्मत …

एनआरएन अमेरिकामा अध्यक्षमा जोशीको उमेदवारी कायम हुने

एनआरएन अमेरिकामा अध्यक्ष पदमा गौरी जोशीको उमेदवारी कायम हुने भएको छ । यस अगाडि एनआरएन अमेरिकाको निर्वाचन आयोगले जोशीको उम्मेदवारी दर्ता गरेको थिएन । आईसीसीको पत्र लगायतका स्पस्टीकरणपछि आयोगले जोशीको उम्मेदवारी स्वीकार गरेको श्रोतले बताएको छ । तर आयोग भने यसबारे सार्वजनिक रुपमा केही बोलेको छैन । यसअगाडि निर्वाचन आयोगले जारी गरेको उम्मेदवारको सुचीमा गौरी …

गौरी जोशीको उम्मेदवारी दर्ता नभएपछि यसो भन्छ्न् अगुवा

सूर्य थापा टेक्सस(अमेरिका)- आगामी महिना हुन लागेको एनआरएन अमेरिकाको निर्वाचनमा अध्यक्षका उम्मेदवार गौरी जोशीको उम्मेदवारी निर्वाचन आयोगले स्वीकार गर्न आनकानी गरेपछि  यसले चर्को रूप लिएको छ । अमेरिकामा दर्ता भएको संस्था एनआरएन अमेरिकाको विधानले उम्मेदवारीका लागि कुनै रोक नलगाएको भएपनि आयोगले आईसीसीको विधान प्रयोग गर्दै अध्यक्षका उम्मेदवार गौरी जोशीको उम्मेदवारी दर्ता गर्न आनानकानी गरेको हो । …

उडानका उल्झनहरू

-सुरज कुँवर श्रावण ७, २०७४- काठमाडौंदेखि लुक्लासम्मको उडान अवधि २५ मिनेट मात्रै हो। तर, १९ जना यात्रु ‘बोर्डिङ’ गरिएको जहाजले काठमाडौं विमानस्थलको ‘डमेस्टिक पार्किङ’ मा १ घण्टा ४५ मिनेटसम्म उड्ने पालो कुरेर बस्दा के दुर्गति हुन्छ होला? दुर्गम भेगमा १९ सिटे डोर्नियर विमान उडाउने पाइलट क्याप्टेन रवीन्द्र डंगोल यस्तो पीडाका भुक्तभोगी हुन्। जहाज ‘स्टार्ट–अप’ गर्नेदेखि लिएर …

गर्मी छल्नेको भीड

श्रावण ७, २०७४- सिन्धुलीगढीमा अहिले गर्मी छल्नेको भीड लाग्ने गरेको छ। सदरमुकामबाट २० किमि उत्तरमा पर्ने यहाँको मौसम उत्तिकै रमणीय छ। गर्मीमा यो क्षेत्रमा जाडो हुन्छ। गर्मीले बाहिरी कपडासमेत खोलेर सवारीसाधनमा बसेको देख्न सकिन्छ। ढुंग्रेभन्ज्याङबाट जब सवारीसाधन उकालो लाग्छ पूरै कपडा लगाउनै पर्छ। गर्मी होस् या जाडो बाह्रैमहिना यहाँ हुस्सु लागेर चिसो हुन्छ। सिन्धुलीगढीको ऐतिहासिक महत्त्व र नागबेली …



अमेरिकामा नेपाली र नेपाली सम्बन्धित कानुनी कार्यालयहरु

क्षेत्री एण्ड एसोसिएट्स पीसी

ल अफिस अफ बासुदेव फूलारा

मुनगोभन एण्ड एसोसिएट्स 

श्रेष्ठ ल फर्म

ल अफिस अफ केशवराज सेडाई

ल अफिस अफ गिरिजा प्रसाद गौतम



Like us on Facebook
error: Content is protected !!