अमेरिकी नागरिकता आवेदन फर्म अब १४ पेजमात्र, नयाँ फर्म भर्दा ध्यान दिनुपर्ने कुराहरु


प्रकाशित मिति : चैत्र १९, २०८० सोमबार

आजदेखि लागु भएको अमेरिकी नागरिकताको आवेदन फर्म एन ४०० मा विभिन्न खाले परिवर्तन गरिएकोमा खसोखासले फर्मको पुरानो संस्करण र नयाँ संस्करणको तुलना गरेको छ । खासगरी फर्मका केही क्षेत्रहरु हटाइएका छन् भने डाटा तत्व परिवर्तन गरिएको छ । यसमा कस्ता परिवर्तनहरु भएका छन् भन्नेबारे आज फर्म सार्वजनिक भएपछिमात्र त्यसको खुलासा भएको छ ।

फर्ममा केही भाषागत परिवर्तन गरिएको छ । फर्मको सुरुमा यदि आवेदक १८ बर्ष पुग्नुभन्दा अगाडि नै बाबु वा आमा (धर्मपुत्र पुत्रीका हकमा समेत) ले अमेरिकी नागरिकता लिएको भएमा वा बाबु वा आमा जन्मजात अमेरिकी नागरिक भएको खण्डमा नागरिकता आवेदन दिन आवश्यक नहुनसक्ने भाषालाई संक्षिप्त बनाइएको छ । पूरानो फर्मका अन्य भागमा रहेको भाषा पनि नयाँ फर्ममा संक्षेपिकरण गरिएको छ ।

आवेदनको पहिलो खण्डमा योग्यताका बारेमा सोधिएको प्रश्नमा विकल्पहरुको भाषा परिवर्तन गरेर संक्षेपिकरण गरिएको छ भने विकल्पहरु पनि बढाइएको छ । आवेदकका बारेमा जानकारी खण्ड भाग २ मा रहेका १३ प्रश्नहरु घटाएर ११ बनाइएको छ । पूरानो फर्ममा विगतमा प्रयोग गरिएका अन्य नाम वा निकनामहरु राख्नुपर्ने खण्ड रहेकोमा फर्मको नयाँ संस्करणमा यो खण्ड हटाइएको छ । उक्त खण्डमा महिला पुरुषका अतिरिक्त अन्य लिंग उल्लेख गर्न मिल्नेगरी परिवर्तन गरिएको छ ।

यो खण्डमा तपाईको १८ औं जन्मदिनभन्दा अगाडि तपाईको बुबा वा आमा अमेरिकी नागरिक हुनुहुन्थ्यो ? भन्ने प्रश्न थप गरिएको छ । विगतमा यो प्रश्न भाग ६ मा अर्थात् अर्कै खण्डमा थियो । पूरानो फर्ममा अँग्रेजी भाषा परीक्षाका लागि ५० बर्ष नाघेका र ६५ बर्ष नाघेकाहरुका लागि विभिन्न छुटसम्बन्धि प्रश्नहरु रहेकोमा उक्त प्रश्न पनि नयाँ संस्करणबाट हटाइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आवेदकबारे जानकारी खण्डमा नै सोसल सेक्युरिटी अपडेटबारे ३ वटा प्रश्नहरु थपिएको छ । अमेरिकी नागरिकता लिइसकेपछि तपाईको सोसल सेक्युरिटी प्रशासनले अपडेट गरेको चाहनुहुन्छ ? भन्ने प्रश्नका साथमा सोसल सेक्युरिटी नम्बर मागिएको छ भने खुलासाका लागि सहमति समेत मागिएको छ ।

त्यस्तै तेश्रो खण्डमा बायोग्राफिक विवरणहरु मागिएको छ, जसमा आवेदकले जातियता (हिस्पानिक, नन हिस्पानिक), नश्ल, उचाई, तौल, आँखाको रंग, कपालको रंग लगायतका विवरणहरु भर्नुपर्छ । यो विवरण पूरानो संस्करणमा खण्ड ७ मा थियो । त्यस्तै असमता वा अपांगता भएकाहरुका लागि अकोमोडेशनका लागि सोधिएका प्रश्नको खण्ड हटाइएको छ । पूराना फर्ममा कान नसुन्ने वा आँखा नदेख्नेहरुका लागि विशेष अनुरोध गर्न सकिने खण्ड रहेकोमा नयाँ संस्करणमा उक्त खण्ड हटाइएको छ ।

विगतको फर्ममा आवेदकलाई सम्पर्क गर्ने इमेल र फोन नम्बरबारे अलग्गै खण्ड रहेकोमा नयाँ संस्करणमा उक्त खण्डपनि हटाइएको छ । पूरानो फर्मको खण्डमा बाबुआमाकाबारेमा विभिन्न प्रश्नहरु रहेकोमा नयाँ संस्करणबाट उक्त खण्ड हटाइएको छ । वैवाहिक स्थीतिका बारेमा विगतमा ९ प्रश्न रहेकोमा नयाँ फर्ममा ८ वटा प्रश्नहरु रहेका छन् । प्रश्नको भाषामा पनि हेरफेर गरिएको छ ।

आवेदकबारे थप जानकारी खण्डमा विगतको फर्ममा ५० वटा प्रश्नहरु रहेकोमा नयाँ फर्ममा ३७ वटामात्र प्रश्नहरु रहेका छन् । के तपाईले विगतमा संघीय, राज्य वा स्थानीय निर्वाचनमा मतदानका लागि दर्ता गर्नुभएको थियो ? भन्ने प्रश्नमा गैर नागरिकहरु समेत कानुनी रुपमा मतदानका लागि योग्य भएका स्थानीय निर्वाचनमा सहभागी हुन मतदानका लागि दर्ता गर्नेहरुलाई थिएन भन्ने जवाफ दिन सुझाव दिइएको छ । योसँगै संघीय, राज्य वा स्थानीय निर्वाचनमा मतदान गर्नुभएको थियो ? भन्ने प्रश्न हटाइएको छ ।

त्यस्तै विदेशमा कुनै वंशानुगत टाइटल भएनभएकोबारेको प्रश्न हटाइएको छ भने जर्मनीको नाजी सरकारसँग सम्बन्धित भए नभएको भन्नेबारेका प्रश्नहरु हटाइएको छ । अन्य प्रश्नहरुको पनि भाषा परिवर्तन गरिएको छ । आवेदनको पूरानो संस्करण २० पेज लामो रहेकोमा नयाँ संस्करण १४ पेज लामो रहेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com