सप्ताहन्त इमिग्रेशन राउण्डअप : एसाइलममा उथलपुथल, भिसा र ग्रिनकार्डमा नयाँ नियम, देशनिकालामा नेपाली


प्रकाशित मिति : पुस ७, २०७५ शनिबार

अब अमेरिकी नागरिकसँग ग्रिनकार्ड लिन पहिलेको तुलनामा केही सहज हुने भएको छ । अमेरिकी सरकारको युएससीआईएसले अमेरिकी नागरिकसँग विवाह गरेर ग्रिनकार्ड लिनेहरुको सन्दर्भको एउटा प्रकृयाको पुनारावलोकन गरेको छ । नयाँ नीति डिसेम्बर १० देखि लागु गरिएको छ ।

अमेरिकी नागरिकसँग विहे गरेर ग्रिनकार्ड लिन थप सहज, अन्तरवार्ता छुट हुनसक्ने

 

अमेरिकाको विद्युतीय भिसा प्रणालीमा फेरबदल भएको छ । अमेरिकाको विद्युतीय भिसा प्रकृया इस्टा मार्फत अमेरिका आउनेहरुले अब कम्तीमा पनि जहाज चढ्नुभन्दा ७२ घण्टा अगाडि आवेदन दिनुपर्ने भएको छ । विश्वका ३८ देशका नागरिकहरु अमेरिकाको विद्युतीय भिसाका लागि योग्य मानिन्छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अमेरिकाको भिसा प्रकृयामा फेरबदल, ७२ घण्टा अगाडि विद्युतीय आवेदन दिनुपर्ने

 

अमेरिकी इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसले आर्थिक बर्ष सन् २०१८ मा मात्र ८० हजार भन्दा धेरै कागजपत्रविहिनहरुलाई मदिरा सेवन गरेर गाडी चलाएका कारण पक्राउ गरेको छ । आइसले पक्राउ गरेका १ लाख ५८ हजार कागजपत्रविहिनहरुमध्ये आधाभन्दा धेरै अर्थात् ८० हजार ७ सय ३० जनालाई मादक पदार्थ सेवन गरेर गाडी चलाएको अभियोग लगाइएको थियो ।

अमेरिकामा अध्यागमनको पहिलो निशानामा मापसे गरेर गाडी चलाउनेहरु, ८० हजार बढी पक्राउ

अमेरिकाबाट आर्थिक बर्ष सन् २०१८ मा युएस इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसले ४५ जना नेपालीहरुलाई अमेरिकाबाट देशनिकाला गरेको छ । उनीहरुलाई आइसले हिराशतमा लिएर अमेरिकाबाट देशनिकाला गरेको हो । आर्थिक बर्ष सन् २०१८ मा अमेरिकाबाट देशनिकाला गरिएका २ लाख ५६ हजार ५ जनामध्ये आधाभन्दा धेरै मेक्सिकनहरु रहेका छन् ।

अमेरिकाबाट ४५ नेपालीलाई देशनिकाला गरिएको आइसको रिपोर्ट

अमेरिकी इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसको कारवाहीमा एकबर्षमा न्युयोर्क सिटीबाटमात्र ३४७६ कागजपत्रबिहिनहरुलाई पक्राउ गरिएको आइसले जनाएको छ । उनीहरु आर्थिकबर्ष २०१८ भरमा न्युयोर्कसिटी क्षेत्राधिकारबाट पक्राउ परेकाहरु हुन् ।

न्युयोर्क सिटीबाटमात्र एकबर्षमा २५९३ कागजत्रविहिन देशनिकाला, ३४७६ पक्राउ

अब अमेरिकामा सिमाक्षेत्रबाट गैरकानुनी रुपमा छिरेर एसाइलम गर्नेलाई मेक्सिको पठाइने भएको छ । होमल्याण्ड सेक्युरिटीका सेक्रेटरी क्रिस्टेन निल्सनले अमेरिकाको अध्यागमन संकटको सामना गर्न बिहिबार यस्तो ऐतिहासिक घोषणा गरेकी हुन् ।

एसाइलम गर्नेलाई मेक्सिको पठाउने ट्रम्पको नीतिबिरुद्ध अदालतजाने चेतावनी

 

अमेरिकामा गैरकानुनी रुपमा प्रवेश गरेर एसाइलम गर्नेलाई ‘क्याच एण्ड रिलिज’ अर्थात्अ मेरिकी सरकारले पक्राउ गरेर अदालती सुनुवाईसम्मका लागि छाड्दै गरेकोमा सरकारले अब उक्त नीतिको अन्त्य गरेको छ । अब उक्त नीतिलाई क्याच एण्ड रिटर्नको नीतिले बिस्थापित गर्ने अमेरिकी डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले जनाएको छ ।

अमेरिकामा ‘क्याच एण्ड रिलिज’ नीतिको अन्त्य, अब ‘क्याच एण्ड रिटर्न’, नेपाली प्रभावित

गैरकानुनी रुपमा अमेरिका प्रवेश गर्नेलाई उनीहरुको अध्यागमन प्रकृया जारी रहुन्जेल मेक्सिको फिर्ता पठाउने ट्रम्प प्रशासनको नीतिबिरुद्ध अदालत जाने आप्रवासी अधिकारकर्मीहरुले चेतावनी दिएका छन् ।

एसाइलम गर्नेलाई मेक्सिको पठाउने ट्रम्पको नीतिबिरुद्ध अदालतजाने चेतावनी

गिरोह र घरेलु हिंशाका पीडितलाई अमेरिकामा एसाइलम नदिने ट्रम्प प्रशासनको निर्णयलाई अमेरिकी संघीय न्यायाधिसले कार्यान्वयनमा रोक लगाएको छ । वासिंटनका संघीय न्यायाधिस इमेट सुलिभानले घरेलु हिंशा र गिरोह हिंशाका पीडितलाई अमेरिकामा एसाइलम गर्न नदिइनु संघीय कानुन विपरित रहेको ठहर गर्दै निर्णय कार्यान्वयनमा रोक लगाएका हुन् ।

घरेलु र गिरोह हिंशा पीडितलाई एसाइलम नदिने निर्णय अदालतले उल्टायो, देशनिकाला भएकालाई फिर्ता गर्न आदेश

अमेरिकामा मेक्सिकोको सिमाक्षेत्रबाट गैरकानुनी रुपमा प्रवेश गर्ने आप्रवासीलाई एसाइलमको अधिकार नदिने राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेश कार्यान्वयनको अनुमति दिन अमेरिकी सर्बोच्च अदालतले पनि अस्वीकार गरेको छ । शुक्रबार सर्बोच्च अदालतले ट्रम्पको एसाइलमबारेको उक्त आदेश कार्यान्वयनका लागि सरकारलाई अनुमति नदिने फैसला गरेको हो ।

ट्रम्पको एसाइलम प्रतिबन्ध सर्बोच्च अदालतबाट अस्वीकार

 

 

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com