अमेरिकामा २१ वर्षीया यात्रुमाथि यौन दुर्व्यवहार गरेको आरोपमा भारतीय मूलका ट्याक्सी चालक पक्राउ


प्रकाशित मिति : पुस २, २०८२ बिहीबार

अमेरिकाको क्यालिफोर्निया राज्यको क्यामारिलो सहरमा अचेत अवस्थामा रहेकी यात्रुमाथि यौन दुर्व्यवहार गरेको आरोपमा भारतीय मूलका एक ट्याक्सी चालक पक्राउ परेका छन्। भेन्चुरा काउन्टी शेरिफ कार्यालयका अनुसार सिम्रनजित सिंह सेखोन नामका ती चालकलाई डिसेम्बर १५ मा पक्राउ गरिएको हो। 

उनीमाथि बेहोस पीडितमाथि बलात्कार गरेको अभियोग लगाइएको छ। प्रहरीका अनुसार घटना नोभेम्बर २०२५ मा भएको हो। सेखोनले थाउजन्ड ओक्सबाट २१ वर्षीया यात्रुलाई क्याबमा उठाएका थिए। यात्रा सकिएको देखाइए पनि उनले यात्रुलाई क्यामारिलो सहरका विभिन्न स्थानमा घुमाइरहेका थिए । प्रहरीका अनुसार मदिराले मातेकी ती महिला आफूलाई सम्हाल्न सक्ने अवस्थामा थिइनन्।  यात्राको क्रममा चालकले उनीमाथि यौन दुर्व्यवहार गरेको आरोप छ।

घटनाबारे जानकारी पाएपछि प्रमुख अपराध यौन आक्रमण इकाइले विस्तृत अनुसन्धान थालेको थियो। अनुसन्धान जारी रहँदा थप पीडितहरू पनि हुन सक्ने प्रहरीले आशङ्का गरेको छ । यद्यपि, हालसम्म अन्य कसैले औपचारिक उजुरी दिएको छैन।

सेखोनको धरौटी रकम पाँच लाख अमेरिकी डलर तोकिएको छ। उनी डिसेम्बर २९ मा अदालतमा प्रारम्भिक सुनुवाइका लागि उपस्थित हुने छन्। यसअघि अभियोग सुनुवाइका क्रममा उनले आफू निर्दोष रहेको दाबी गरेका थिए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अधिकारीहरूले सेखोन कुन राइडसेयर वा क्याब सेवासँग आबद्ध थिए भन्ने खुलासा गरेका छैनन्। साथै, उनको आप्रवासन वा भिसा स्थितिबारे पनि कुनै विवरण सार्वजनिक गरिएको छैन।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com