अमेरिकामा अध्यागमनको पहिलो निशानामा मापसे गरेर गाडी चलाउनेहरु, ८० हजार बढी पक्राउ


प्रकाशित मिति : मंसिर २९, २०७५ शनिबार

अमेरिकी इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसले आर्थिक बर्ष सन् २०१८ मा मात्र ८० हजार भन्दा धेरै कागजपत्रविहिनहरुलाई मदिरा सेवन गरेर गाडी चलाएका कारण पक्राउ गरेको छ । आइसले पक्राउ गरेका १ लाख ५८ हजार कागजपत्रविहिनहरुमध्ये आधाभन्दा धेरै अर्थात् ८० हजार ७ सय ३० जनालाई मादक पदार्थ सेवन गरेर गाडी चलाएको अभियोग लगाइएको थियो ।

आर्थिक बर्ष २०१८ मा अमेरिकाबाट साढे २ लाख भन्दा धेरै कागजपत्रविहिनलाई देशनिकाला गरिएको छ । मुख्यरुपमा अमेरिकाबाट आइसको फन्दामा पर्नेहरु मादक पदार्थ सेवन गरेर गाडी चलाउनेहरु नै छन् । त्यस्तै दोश्रोमा खतरनाक लागुऔषधसँग सम्बन्धित अपराध गर्नेहरु देशनिकालाका लागि पक्राउ परेका छन् ।

तेश्रोमा पहिले नै अमेरिकाबाट देशनिकाला भइसकेरपनि अमेरिका छिरेकाहरु छन् । यसरी एकपटक देशनिकाला भइसकेर पनि अमेरिका छिर्ने ६३ हजारलाई सन् २०१८ मा पक्राउ गरिएको थियो । अरुमाथि आक्रमण गरेको आरोपमा ५० हजार भन्दा धेरैलाई हिराशतमा लिइएको थियो ।

आर्थिक बर्ष सन् २०१८ मा अमेरिकाबाट देशनिकाला गरिएका २ लाख ५६ हजार ५ जनामध्ये आधाभन्दा धेरै मेक्सिकनहरु रहेका छन् । ग्वाटेमालाका झण्डै ५० हजार, होण्डुरसका २८ हजार ८ सय ९४, एल साल्भाडोरका १५ हजार ४४५ जनालाई अमेरिकाबाट देशनिकाला गरिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com