एसाइलम गर्नेलाई मेक्सिको पठाउने ट्रम्पको नीतिबिरुद्ध अदालतजाने चेतावनी


प्रकाशित मिति : पुस ७, २०७५ शनिबार

गैरकानुनी रुपमा अमेरिका प्रवेश गर्नेलाई उनीहरुको अध्यागमन प्रकृया जारी रहुन्जेल मेक्सिको फिर्ता पठाउने ट्रम्प प्रशासनको नीतिबिरुद्ध अदालत जाने आप्रवासी अधिकारकर्मीहरुले चेतावनी दिएका छन् । अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले आप्रवासन संरक्षण नीतिका नाममा अमेरिकामा गैरकानुनी रुपमा प्रवेश गरेर एसाइलम आवेदन दिनेलाई अध्यागमन प्रकृयाभर मेक्सिको फिर्ता पठाउने नयाँ नीति ल्याएपछि अधिकारवादीहरुले त्यसको विरोध गरेका हुन् ।

अब अमेरिकामा गैरकानुनी रुपमा छिरेर एसाइलम गर्नेलाई मेक्सिको पठाइने (एक्सक्लुसिभ)

अमेरिकी सरकारको एसाइलमबारेको नयाँ नीति गैरकानुनी र आपत्तिजनक रहेको भन्दै महिला शरणार्थी आयोगमा आप्रवासी अधिकार र न्याय कार्यक्रमका निर्देशक मिशेल ब्रेनले सरकारको नयाँ नीतिका कारण सुरक्षा खोज्ने संवेदनशिल व्यक्तिको ज्यान गुम्ने जोखिम रहेको बताएकी छिन् । अमेरिकामा एसाइलम खोज्नेलाई मेक्सिको फिर्ता पठाउने नीति अमेरिकी अध्यागमन कानुन अन्तरगत गैरकानुनी रहेको ह्युमन राइट फस्र्टका निर्देशक इलेनर एसरले जनाएका छन् ।

अमेरिकी सरकारको नयाँ नीति अनुशार सिमाक्षेत्रबाट गैरकानुनी प्रवेश गरेर एसाइलम दावी गर्नेहरुलाई मेक्सिकोमा कानुनी प्रकृयाका क्रममा बर्षौं कुनुपर्ने स्थीतिको सृजना हुनेछ । अमेरिकी सरकारले भने एसाइलमबारेको यो नयाँ नीतिलाई ऐतिहासिक मापदण्ड भएको बताएको छ ।

स्केच : लायन लुसिएन

अमेरिकामा ‘क्याच एण्ड रिलिज’ नीतिको अन्त्य, अब ‘क्याच एण्ड रिटर्न’, नेपाली प्रभावित

 

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com