न्युयोर्क सिटीबाटमात्र एकबर्षमा २५९३ कागजत्रविहिन देशनिकाला, ३४७६ पक्राउ


प्रकाशित मिति : पुस २, २०७५ सोमबार

अमेरिकी इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसको कारवाहीमा एकबर्षमा न्युयोर्क सिटीबाटमात्र ३४७६ कागजपत्रबिहिनहरुलाई पक्राउ गरिएको आइसले जनाएको छ । उनीहरु आर्थिकबर्ष २०१८ भरमा न्युयोर्कसिटी क्षेत्राधिकारबाट पक्राउ परेकाहरु हुन् ।

अमेरिकाभरबाट भने आइसले सन् २०१८ मा १ लाख ५८ हजार ५८१ जना कागजपत्रविहिन आप्रवासीहरुलाई पक्राउ गरेको छ । आर्थिक बर्ष २०१८ मा देशनिकाला हुनेहरु २ लाख ५६ हजार ८५ जना रहेका छन् । जुन २०१७ मा पक्राउ परेर हिराशतमा राखिएकाहरु समेत हुन् । २०१८ मा देशनिकाला हुने २ लाख ५६ हजार ८५ जना मा ४५ जना नेपालीहरु रहेका छन् ।

सबैभन्दा धेरै भने सान आन्टोनियो क्षेत्रबाट देशनिकालामा पर्नेहरु रहेका छन् । त्यसक्षेत्रबाट ६२ हजार ३ सय ६३ जना देशनिकालामा परेका छन् । पक्राउ पर्नेहरुमा भने डलास क्षेत्रका धेरै छन् । डलासक्षेत्रबाट सन् २०१८ मा १७ हजार ६ सय ४४ जना आप्रवासीहरुलाई पक्राउ गरिएको आइसको तथ्यांक रहेको छ ।

बिस्तृत रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोला ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com