अमेरिकी नागरिकसँग विहे गरेर ग्रिनकार्ड लिन थप सहज, अन्तरवार्ता छुट हुनसक्ने


प्रकाशित मिति : मंसिर २९, २०७५ शनिबार

अब अमेरिकी नागरिकसँग ग्रिनकार्ड लिन पहिलेको तुलनामा केही सहज हुने भएको छ । अमेरिकी सरकारको युएससीआईएसले अमेरिकी नागरिकसँग विवाह गरेर ग्रिनकार्ड लिनेहरुको सन्दर्भको एउटा प्रकृयाको पुनारावलोकन गरेको छ । नयाँ नीति डिसेम्बर १० देखि लागु गरिएको छ ।

सामान्यतया अमेरिकी नागरिकसँग विहे गरेर ग्रिनकार्ड लिनेहरुका लागि २ बर्षका लागि शर्तसहितको ग्रिनकार्ड प्रदान गरिदै आएको छ । त्यसपछि उनीहरुले विवाह नक्कली नरहेको र अमेरिकी कानुनको उल्लंघन नहुने पुष्टी गरेपछि १० बर्षको ग्रिनकार्ड प्रदान गरिन्छ ।

शर्तसहितको दुईबर्षे ग्रिनकार्डबाट पूर्ण ग्रिनकार्ड लिने प्रकृयामा फर्म आई ७५१ भर्न जरुरी हुन्छ । जुन प्रकृयाका क्रममा युएससीआईएसका अधिकारीहरुले प्राय अन्तरवार्ता लिएरमात्र स्थायी ग्रिनकार्ड प्रदान गर्दै आएका छन् । अन्तरवार्ताका क्रममा विवाह गर्नेले आफ्नो विवाह सक्कली भएको पुष्टी गर्न सक्नुपर्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यो अन्तरवार्ताका क्रममा जोडीलाई अलग अलग राखेर लगातार प्रश्नहरु सोधिने भएकाले आवेदकहरु आत्तिने समेत गर्दै आएका छन् । तर युएससीआईएसले जारी गरेको नयाँ नीति अनुशार अब युएससीआईएसका अधिकारीहरुले अन्तरवार्ता लिन नपर्ने कुराको समेत निर्णय गर्नका लागि थप मार्गदर्शनहरु दिइएको छ ।

यदि विवाह नक्कली नभएको पुष्टी गर्ने प्रयाप्त कागजात भएको खण्डमा र त्यसबाट युएससीआईएसका अधिकारी सन्तुष्ट भएको खण्डमा दुईबर्षे ग्रिनकार्डबाट स्थायी ग्रिनकार्ड लिनका लागि आवेदकले अन्तरवार्ता दिनुनपर्ने भएको छ । त्यस्तै फर्म आई ७५१ र अन्य कागजातमा विवाह नक्कली भएको कुनै संकेत नभएको खण्डमा अधिकारीले अन्तरवार्ता विना नै स्थायी ग्रिनकार्ड प्रदान गर्न सक्नेछन् ।

डिसेम्बर १०, २०१८ पछि प्राप्त आवेदनहरुको सन्दर्भमा युएससीआईएसका अधिकारीहरुले पहिले नै मुख्य आवेदकसँग अन्तरवार्ता लिइसकेको भएमा पनि अधिकारीले स्थायी ग्रिनकार्डका लागि अन्तरवार्ता छुट दिन सक्नेछन् । त्यस्तै विवाहको सन्दर्भमा अन्तरवार्ताबाट प्रष्ट पार्नुपर्ने कुनै जटिल विषय नभएको खण्डमा पनि अन्तरवार्ता छुट दिइनेछ ।

राष्ट्रिय सुरक्षा र जालसाजीसँग सम्बन्धित मामला भएमा भने त्यस्तो आवेदन जालसाजी जाँचबुझ र राष्ट्रिय सुरक्षा निकायमा पठाइने युएससीआईएसले जनाएको छ । युएससीआईएसको नयाँ निर्देशिकापछि वास्तविक विवाह गर्नेहरुलाई ग्रिनकार्डका लागि सहज हुने भएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com