घरेलु र गिरोह हिंशा पीडितलाई एसाइलम नदिने निर्णय अदालतले उल्टायो, देशनिकाला भएकालाई फिर्ता गर्न आदेश


प्रकाशित मिति : पुस ६, २०७५ शुक्रबार

गिरोह र घरेलु हिंशाका पीडितलाई अमेरिकामा एसाइलम नदिने ट्रम्प प्रशासनको निर्णयलाई अमेरिकी संघीय न्यायाधिसले कार्यान्वयनमा रोक लगाएको छ । वासिंटनका संघीय न्यायाधिस इमेट सुलिभानले घरेलु हिंशा र गिरोह हिंशाका पीडितलाई अमेरिकामा एसाइलम गर्न नदिइनु संघीय कानुन विपरित रहेको ठहर गर्दै निर्णय कार्यान्वयनमा रोक लगाएका हुन् ।

गत जुनमा तत्कालिन महान्यायाधिवक्ता जेफ सेसनले नयाँ नियमको घोषणा गर्दै गिरोह र घरेलु हिंशाका पीडितको एसाइलम आवेदन अस्वीकृत गर्दै त्यस्ता आवेदकलाई तीब्र गतिको देशनिकालाको प्रकृयामा राख्ने नियमको घोषणा गरेका थिए । त्यसपछि कैयन कानुन व्यवसायीहरुले उक्त नियमका कारण देशनिकालाको सामना गरेका कैयन आप्रवासीका तर्फबाट अदालतमा मुद्दा दायर गरेका थिए ।

अब अमेरिकामा गैरकानुनी रुपमा छिरेर एसाइलम गर्नेलाई मेक्सिको पठाइने (एक्सक्लुसिभ)

बुधबार न्यायाधिस सुलिभानले गिरोह र घरेलु हिंशाका पीडितलाई एसाइलम नदिने नियमको बिरुद्धमा स्थायी आदेश जारी गरेका हुन् । न्यायाधिसले उक्त नियमका कारण अमेरिकाबाट विगतमा देशनिकाला गरिएकाहरुलाई पनि अमेरिका फिर्ता ल्याउन आदेश दिएका छन् । उक्त नियम अनुशार देशनिकाला गरिएकाहरुलाई सुचित गर्न र फिर्ता बोलाउनका लागि न्यायाधिसले सरकारले निश्चित तालिका समेत दिएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

तर अदालतको उक्त फैसलाकै भोलिपल्ट अमेरिकी सरकारले भने एसाइलमको बिरुद्धमा अर्को ठूलो निर्णय गरेको छ । जस अन्तरगत अब मेक्सिकोबाट गैरकानुनी सिमा पार गरेर अमेरिका छिर्नेलाई अदालती सुनुवाईसम्मका लागि मेक्सिको नै फिर्ता पठाइने भएको छ ।

अमेरिकामा ‘क्याच एण्ड रिलिज’ नीतिको अन्त्य, अब ‘क्याच एण्ड रिटर्न’, नेपाली प्रभावित

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com