सिन्धुपाल्चोक पहिरो : थप ३ शव फेला


प्रकाशित मिति : भाद्र ४, २०७७ बिहीबार

गत शुक्रबार बिहान सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीको पहिरामा बेपत्ता भएकामध्ये थप तीनको शव भेटिएको छ । यसअघि २५ जनाको शव भेटिएकामा ११ जना अझै बेपत्ता छन् । पहिरामा परेर ३९ जना बेपत्ता भएका थिए ।

एक बालक र दुई महिलाको आज शव फेला परेको इलाका प्रहरी कार्यालय जलवीरेका प्रहरी निरीक्षक हरि भट्टराईले जानकारी दिनुभयो । पाँच वर्षीय सानुकान्छा दोङ तथा ४२ वर्षीया जिबिरानी दोङ र १८वर्षीया ललिता दोङको शव फेला परेको हो । यससँगै पहिरामा ज्यान गुमाउने २८ जना पुगेका छन् । हालसम्म शव फेला परेकामध्ये १५ पुरूष र १३ महिला छन् । तीमध्ये १४ बालबालिमा मात्रै छन् ।

पहिरामा हराइरहेकाहरूको खोजीमा नेपाली सेना र नेपाल प्रहरीका ६६ जना र स्थानीयवासी जुटेका छन् । एक्साभेटर ल्याउन सकिने अवस्था नरहेकाले पिक, साबेल र कोदालाका भरमा खोजी भइरहेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिनुभयो ।

यो पनि :-

सिन्धुपाल्चोक पहिरोः मृतकका परिवारलाई एक-एक लाख सहयोग

अझै उच्च जोखिममा छन् सिन्धुपालचोकका १६७ बस्ती

सिन्धुपाल्चोक पहिराे – बेपत्तामध्ये २२ जनाको शव फेला

सिन्धुपाल्चोक पहिरो – १८ जनाको शव भेटियो

सिन्धुपाल्चोकमा पहिरो: मृत्यु भएका ११ जनाको सनाखत

सिन्धुपाल्चोक पहिरो अपडेट: बेपत्तामध्ये ११ जनाको शव फेला

राहत सामग्रीसहित गृहमन्त्री सिन्धुपाल्चोक प्रस्थान

सिन्धुपाल्चोक पहिरो अपडेट : पाँचको शव फेला, ३३ बेपत्ता

सिन्धुपाल्चोकमा पहिरो: ४ जनाको शव फेला, बेपत्ताहरुको पहिचान खुल्यो (नामावलीसहित)

सिन्धुपाल्चोकमा पहिरो: चार घाइतेलाई हेलिकप्टरमार्फत काठमाडौँ पठाइयो

सिन्धुपाल्चोकको जुगलमा पहिरो : २२ घर पुरिए, मानवीय क्षतिको आशंका

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com