अझै उच्च जोखिममा छन् सिन्धुपालचोकका १६७ बस्ती


प्रकाशित मिति : भाद्र १, २०७७ सोमबार

लिदी जस्तै भौगलिक बनोट भएका सिन्धुपालचोकमा मात्रै १ सय ६७ बस्ती जोखिममा छन्। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले गरेको भौगर्भिक अध्ययन अनुसार ९६ स्थान संरक्षण गरेर बस्न सकिने र ७१ स्थान जोखिममा रहेका थिए। जिल्लाका २ सय ४२ स्थानको भौगर्भिक अध्ययन भएको थियो। जसमा ७५ स्थान मात्रै रहेको प्रतिवेदनमा उल्लेख छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका भूगर्भविद् लेखप्रसाद भट्टले पहिले गरिएको अध्ययनले लिदीमा माथिल्लो क्षेत्रमा नभई तल्लो क्षेत्रमा समस्या देखाएको बताए।

२०७४ सालमा गरिएको अध्ययनले लिदीलाई संरक्षण गरेर बस्न सकिने देखाएको थियो। वर्षातका बेला सिन्धुपाल्चोकमा देखिएको विपदबारे राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा आयोजित कार्यक्रममा भूगर्भविद भट्टले बेला बेलामा जोखिमका क्षेत्र बदलिन सक्ने बताए। भौगर्भिक अध्ययनमा कम जोखिम भनेको क्षेत्रमा पहिरोले क्षति गरेपछि थप अध्ययनको लागि आवास उठ्न थालेको छ। प्राधिकरणले विगतको अध्ययनको समिक्षा गर्दै नयाँ अध्ययन गर्न समन्वय गर्ने भएको छ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले सिन्धुपाल्चोकमा भएको ठूलो जनधनको क्षति अत्यन्तै दुस्खद् भएको बताउँदै सिन्धुपाल्चोकबारे विगतका गरिएका अध्ययनहरुको समीक्षा गर्नुका साथै नयाँ अध्ययन गर्न विभिन्न निकायसँग समन्वय गरी प्राधिकरणले सहयोग गर्ने बताए। उनले विगतमा भएका अध्ययनहरुको समीक्षाको काम सुरु गर्न प्राधिकरणका विज्ञ तथा कर्मचारीलाई निर्देशन दिए।

प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले स्थानीय तह, प्रदेश र केन्द्रले गर्ने कामलाई स्पष्ट गरेर अघि बढ्दा समस्या समाधानमा थप सहज हुने धारणा व्यक्त गरे। जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख कृष्णगोपाल तामाङले सिन्धुपाल्चोकका १२ वटै स्थानीय तहको भौगर्भिक अध्ययन गरी अन्यन्तै जोखिमपूर्ण देखिएका क्षेत्रका जनतालाई स्थानान्तरणको व्यवस्था मिलाउन आवश्यक भएको बताए

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

समन्वय समितिका प्रमुख तामाङले अध्ययनबाट सुरक्षाका हिसाबले बस्न उपयुक्त नदेखिएका स्थानका जनतालाई विश्वासमा लिएर वैकल्पिक व्यवस्था मिलाउनु पर्ने बताए। जमीनसँग मानिसको जीवन जोडिएको हुन्छ।कतिपयले पुर्खाको थातथलो छोड्न हुँदैन पनि भन्न सक्नु हुन्छु, उनले भने जोखिममा भएका जनतालाई बुझाएर स्थानान्तरण हुन प्रेरित गर्नुपर्छ। लिदीका जनताले जोखिम रहेको भन्दै जानकारी गराएपनि सम्बन्धित निकायले ध्यान नदिदा त्यहाँ ठूलो क्षति भएको थियो।

जिल्ला समन्वय समिति सिन्धुपाल्चोकले आगामी विहीबार स्थानीय तहका जनप्रतिनिधि लगायतसँग छलफल गर्ने भएको छ। प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले जनप्रतिनिधिहरुबाट आएका सुझावलाई समेत ध्यानमा राखी थप अध्ययन गर्न प्राधिकरणले सहयोग गर्ने बताए। प्राधिकरणको विज्ञ टोलीले सिन्धुपाल्चोकमा कुन कुन क्षेत्रमा जोखिम छ भनेर विवरण प्रस्तुत गर्ने भएको छ।

समन्वय समितिका प्रमुख तामाङले पहिरोबाट पुगेको क्षतिलाई राजनीतिकरण गर्न नहुने भन्दै साझा धारणा बनाएर समस्या समाधान गर्दै पुनर्निर्माणमा लाग्नु पर्ने धारणा व्यक्त गरे। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा सुरेन्द्र काफ्लेले लेखेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com