सिन्धुपाल्चोकको जुगलमा पहिरो : २२ घर पुरिए, मानवीय क्षतिको आशंका


प्रकाशित मिति : श्रावण २९, २०७७ बिहीबार

सिन्धुपाल्चोकको जुगल गाउँपालिका २ लिदिमा पहिरो जाँदा २२ वटा घर पुरिएका छन् । शुक्रबार बिहान करिब ६ बजेतिर आएको पहिरोले घरहरु पुरिएका हुन् ।

पहिरोले घरमा रहेका कति मानिस पुरिए भन्ने यकिन नभइसकेको बताइएको छ । पहिरोमा पुरिएकामध्ये ५ घरका मानिस सम्पर्कविहिन रहेका छन् । हाल खोजी र उद्दारका लागि नेपाली सेनाको हेलिकोप्टर माग गरिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com