सिन्धुपाल्चोक पहिरोः मृतकका परिवारलाई एक-एक लाख सहयोग


प्रकाशित मिति : भाद्र २, २०७७ मंगलबार

सिन्धुपाल्चोकको  जुगल गाउँपालिका–२ लिदीमा गएको पहिरामा परी मृत्यु भएका परिवारलाई रु एकएक लाख प्रदान गरिएको छ । जुगल गाउँपालिकाले मृतक परिवारलाई रकम हस्तान्तरण गरेको पालिका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिए ।

किरियाखर्चबापत प्रतिमृतक रु २५ हजार र बेपत्ताका परिवारलाई राहतस्वरुप प्रतिव्यक्ति रु २५ हजार उपलब्ध गराउने गाउँपालिकाको निर्णयबमोजिम नगद पूर्वसांसद सुभाष कर्माचार्यले हस्तान्तरण गरेका हुन् ।

रकम हस्तान्तरणमा उनीसहित जुगल गाउँपालिका र इन्द्रेणी परिवार हिँडेर लिदी पुगेका थिए । पहिरो प्रभावितलाई प्रतिपरिवार रु एक लाख २५ हजारदेखि दुई लाख ५० हजारसम्म प्रदान गरिएको जुगल गाउँपालिकाका अध्यक्ष श्रेष्ठले बताए। रासस

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com