राहत सामग्रीसहित गृहमन्त्री सिन्धुपाल्चोक प्रस्थान


प्रकाशित मिति : श्रावण ३०, २०७७ शुक्रबार

गृहमन्त्री रामबहादुर थापा बादल सिन्धुपाल्चोक प्रस्थान गरेका छन् । जुगल गाउँपालिका–२ लिदिका पहिरो पीडितका लागि राहत सामग्री लिएर शुक्रबार दिउँसो त्यसतर्फ प्रस्थान गरेका हुन् ।

नेपाली सेनाको हेलिकप्टरमार्फत् गृहमन्त्री थापासँगै पीडित परिवारका लागि राहत लिएर गृहसचिव महेश्वर न्यौपाने पनि सिन्धुपाल्चोकतर्फ लागेको मन्त्रालयले जनाएको छ ।

शुक्रबार बिहान गएको पहिरोमा परि ५ जनाको मृत्यु भैसकेको छ भने ३३ जना अझै बेपत्ता रहेका छन् । बेपत्ता सबैको पहिचान खुलिसकेको छ । गाउँमाथिबाट आएको पहिरोले ३७ घर पुरिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com