फोटोको पावर - Page 7 of 9 - KHASOKHAS

फोटोको पावर

अमेरिकी राष्ट्रपतिको दौडमा रहेकी हिलारीको नेपाल भ्रमणका तस्विर

अमेरिकाको भावी राष्ट्रपति बन्ने दौडमा हिलारी क्लिन्टन रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पसँगको प्रतिस्पर्धामा छिन् । डेमोक्रेटिक उम्मेदवार क्लिन्टलाई अमेरिकामा बस्ने अधिकांश नेपालीहरुको समर्थन रहेको छ । झण्डै २५ हजार नेपाली मतदाताहरु रहेको अमेरिकामा डोनाल्ड ट्रम्पलाई समर्थन गर्ने नेपाली अमेरिकनहरुको संख्या न्यून रहेको छ । यीनै हिलारी क्लिन्टनले सन् १९९५ को मार्च ३१ मा नेपालको भ्रमण समेत …

यस्तो छ आइफोन तयार गर्ने ठाँउ (फोटो फिचर)

तपाईको हातमा आइफोन छ भने आइफोनको पछाडि लेखिएको हुन्छ – ‘डिजाइन बाई एप्पल इन क्यालिफोर्निया, एसेम्बल्ड इन चाइना’ । हो, चीनमा रहेको पेगाट्रोन कम्पनीमा आइफोन तयार हुन्छ । यो कम्पनीमा झण्डै ५० हजार कर्मचारीहरु कार्यरत छन्, जसले आइफोन बनाउँछन् । एप्पल कम्पनीका लागि आइफोन बनाउने यो ठाउँभित्र जान कर्मचारी बाहेक अरुका लागि निकै कडा छ …

जीवित अक्टोपसको कपडामा फोटो शेसन

जापानी मोडल नमादाले जीवित अक्टोपसको कपडा बनाएर फोटो शेसन गरेकी छिन् । उनले ३९ पाउण्ड तौल भएको अक्टोपस शरीरमा बेरेर फोटो खिचेकी हुन् । अक्टोपस जीवित, चिप्लो र यताउता चल्ने खालको भएकाले तस्विर खिच्न केही कठिन भएको फोटोग्राफर कजान यामामोतोले जनाएका छन् । फोटोहरु टोकियोको एउटा ग्यालरीमा राखिएको थियो । तपाईपनि हेर्नुहोस् अक्टोपससँगै कजान यामामोतोले …

न्युयोर्क बिष्फोटमा घाइतेको संख्या २९, ‘थप खतरा छैन’ – मेयर

शनिबार साँझ न्युयोर्कको म्यानहटनमा भएको बिष्फोटमा घाइते हुनेहरुको संख्या २९ पुगेको छ । म्यानहटनको एभिन्यु अफ अमेरिका र सेभेन्थ एभिन्युको बीचमा २३ औं स्ट्रीटमा राती साढे ८ बजेतिर बिष्फोट भएको थियो । बिष्फोटबाट एउटा भवनका झ्यालका सिसाहरु फुटेका थिए भने भने केही भाग भत्किएको थियो । न्युयोर्कका मेयर बिल ब्लाजिओले न्युयोर्क सिटीमा थप कुनै खतरा …

न्युयोर्कको म्यानहटनमा बिष्फोट, २५ घाइते (बिष्फोटपछिका ९ तस्विर)

     तस्विर :  ट्वीटर न्युयोर्कको म्यानहटनमा भएको बिष्फोटमा कम्तीमा २५ जना घाइते भएका छन् । म्यानहटनको एभिन्यु अफ अमेरिका र सेभेन्थ एभिन्युको बीचमा २३ औं स्ट्रीटमा राती साढे ८ बजेतिर बिष्फोट भएको हो । प्रहरी अधिकारीहरुले त्यस क्षेत्रमा अन्य बिष्फोटक पदार्थहरु भए नभएको बारे खोजतलास गरिरहेका छन् । बिष्फोटबाट एउटा भवनका झ्यालका सिसाहरु फुटेका छन् …

खसोखास क्यामेरामा अमेरिकी राष्ट्रपति

अमेरिकी राष्ट्रपति बराक ओबामा मंगलबार तीनघण्टाका लागि न्युयोर्कमा आए । डेमोक्रेटिक कंग्रेशनल क्याम्पेन कमिटिको कार्यक्रममा भाग लिन न्युयोर्क आएका ओबामा चढेको एयर फोर्स वान विमान साँझ सबा पाँच बजे न्युयोर्कको जोन अफ केनेडी विमानस्थलमा अवतरण गरेको थियो । केहीबेर विमानस्थलमा स्वागार्थ उपस्थीतसँग हातमिलाउँदै कुराकानी गरेपछि ओबामा सिधै म्यानहटनमा आयोजित फण्डरेजर कार्यक्रममा गएका थिए । फण्डरेजर …

अमेरिकामा बस्ने तराईबासी नेपालीहरुको सम्मेलन तस्विरमा

  अमेरिकामा बस्ने तराईबासी नेपालीहरुको संस्था एसोसिएसन अफ तराइयन इन अमेरिकाको चौथो सम्मेलन ओहायोको कोलम्बसमा अमेरिकाका लागि नेपाली राजदूत अर्जुन कुमार कार्कीले उद्घाटन गर्नुभयो । उद्घाटन समारोहका केही रोचक तस्विरहरु । यी तस्विरहरु खसोखासका लागि अनिकेत शाह र जितेन्द्र जीसीले खिचेका हुन् ।

तस्विरमा एनआरएनए नवौं क्षेत्रीय सम्मेलन

  विश्वका विभिन्न देशबाट उपस्थीत एनआरएन नेताहरु र विशिष्ट व्यक्तिहरुको सहभागिता र उपस्थीतिमा एनआरएनएको नवौं क्षेत्रीय सम्मेलन अमेरिकाको न्युजर्सीमा सम्पन्न भयो । संविधानसभाका पूर्व सभामुख सुबास नेम्बाङदेखि एनआरएनएका पूर्व अध्यक्ष उपेन्द्र महतोसम्मको उपस्थीति रहेको सम्मेलनमा नेपालका धनाड्य ब्यापारी बिनोद चौधरीदेखि नेपाली कुटनीतिज्ञहरुको समेत उपस्थीति रहेको थियो । फोटोग्राफर अशोक पन्तले सम्मेलन स्थलमा पुगेर त्यहाँ सयौं …

WP Facebook Auto Publish Powered By : XYZScripts.com