न्युयोर्कमा फहराइयो नेपालको झण्डा, नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन परराष्ट्रमन्त्रीको अपिल (फोटो फिचर)


प्रकाशित मिति : आश्विन ९, २०७५ मंगलबार

न्युयोर्कको ज्याक्सनहाइटमा रहेको डाइभर्सिटी प्लाजामा नेपालको झण्डा फहराइएको छ । न्युयोर्क सिटीका मेयरको कार्यालयको विशेष स्वीकृतिमा सार्वजनिक स्थलमा यसरी औपचारिक रुपमा नै नेपालको झण्डा फहराइएको यो नै पहिलो पटक हो । जुन नेपाल र नेपाली डायस्पोराका लागि नै गर्वको क्षण भएको अमित शाहले बताए । विशेष समारोहमा कलाकारहरुबाट सांस्कृतिक र सांगीतिक प्रस्तुतीहरु समेत प्रदर्शन गरिएको थियो ।

अमेरिकी संस्था सुखी न्यूयोर्क र नेपाल अमेरिकी फाउन्डेसन साथै वाणिज्य दूतावास न्यूयोर्कले आयोजना गरेको नेपालको झण्डोतोल कार्यक्रममा सम्बोधन गर्नुहुँदै  परराष्ट मन्त्री प्रदिप ज्ञवालीले नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन सबैमा आह्रवान गर्नुभएको छ । अमेरिकामा नेपाल भ्रमण वर्षको जतीसक्दो धेरै प्रचार गर्दै भ्रमण वर्ष सफल बनाउन लागिपर्न आह्रवान गर्नुभएको हो ।

पराराष्ट मन्त्री ज्ञवालीले सरकारले दुई वर्षभित्र २० लाख पर्यटक ल्याउन ‘नेपाल भ्रमण वर्ष २०२०’ अभियान घोषणा गरेको जानकारी दिर्दै सो भ्रमण वर्ष सफल बनाउन आह्रवान गर्नुभएको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

 

प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्र सङ्घको महासभाको ७३औँ अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्युयोर्क हुनुहुन्छ र उहाँको प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री ज्ञवाली सहभागी हुनुहुन्छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com