पशुपतिनाथमा शिवरात्री फिवर, बाबाजीका स्वरुप ! (फोटो फिचर)


प्रकाशित मिति : माघ २९, २०७४ सोमबार

गेरु बस्त्रले लाज मात्र ढाकेका बाबाजीलाई जाडोको कुनै पर्वाह छैन । ६ फुटको च्यादर ओछ्याएर ‘शिवजी पोज’मा बसेका छन्, एक हातले त्रिसुल अठ्याएर ।उनको छेवैमा मुढो जलिरहेको छ । त्यसलाई ‘शिवधुनी’ भने हुन्छ । त्यसैको रापमा भाते भुँडी तताएर बसेका बाबाजीको अघिल्तिर केहि फोटा छन्, जसमा सर्वाङ्ग बाबाजीको चर्तिकला देखिन्छ । शरीरभरी खरानी घसेका, लामा जटा पालेका, निधारमा विचित्रको रंग पोतेका, गेरु बस्त्र पहिरिएका, गाँजाको लामो लामो सर्को तानिरहेका छन्, बाबाजीहरु ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com