ह्वाईट हाउसमा बाबुराम (फोटो फिचर)


प्रकाशित मिति : ३१ भदौ २०७५, आइतबार

पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले अमेरिका भ्रमणका क्रममा अमेरिकी राष्ट्रपति भवन ह्वाइटहाउसको अवलोकन भ्रमण गरेका छन् । पूर्व मन्त्री एवं पत्नी हिसिला यमिका साथमा भट्टराईले ह्वाईट हाउसको भ्रमण गरेका हुन् । भट्टराई दम्पतिलाई पत्रकार किशोर पन्थी र व्यवसायी लोक तिवारीले साथ दिएका थिए ।

सर्वसाधारणले ह्वाईट हाउस भ्रमणका लागि बढीमा ३ महिना र कम्तिमा २१ दिन पहिले संसद सदस्य मार्फत आवेदन दिनुपर्ने प्रावधान छ । मंगलबारदेखि बिहिबारसम्म विहान ७:३० देखि ११: ३० सम्म र शुक्रवार तथा शनिबार ७:३० देखि १:३० सम्म ह्वाईट हाउसको भ्रमण गर्न सकिन्छ ।

ह्वाईट हाउस भ्रमणपछि भट्टराईले सामाजिक संजालमार्फत भने – ‘संसारको सबभन्दा शक्तिशाली मानिने अमेरिकी राष्ट्रपति बस्ने घर प्रत्येक दिन केही घण्टा सर्वसाधारणको प्रवेशकोनिम्ति खुला हुँदो रहेछ! भित्र पसेर हेर्दा अत्यन्त सरल र सामान्य लाग्यो। हामीले पनि हाम्रा शक्तिशालीहरू बस्ने ठाउँहरूलाई रहस्यमयी नबनाई सबै जनतालाई खुला गरौं न!’

भट्टराईको ह्वाईट हाउस भ्रमणका तस्वीरहरू :

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com