फोटोको पावर - Page 8 of 9 - KHASOKHAS

फोटोको पावर

स्पेनमा १ सय ६० टन गोलभेंडा हानाहान

  बुधबार पूर्वी स्पेनमा भएको ‘गोलभेंडा महोत्सव’मा २० हजार भन्दा धेरैले १ सय ६० टन गोलभेंडा हानाहान गरेर रमाइलो गरेका छन् । स्पेनको बुनोलमा भएको महोत्सवमा पाकेका गोलभेंडा फुटाएर सहभागीहरु गोलभेंडाको लेदोमा रमाएका थिए । ६ वटा ट्रकमा ल्याइएका गोलभेंडा हानाहान गर्दै सहभागीहरु घण्टौंसम्म ‘टोम्याटो टोम्याटो’ भन्दै खेलेका थिए । घाइते हुन नदिन सहभागीहरुलाई पहिले …

६ माइल पौडेर र १२ माइल हिडेर घर आइपुग्यो १० महिनाको ‘रायली’

अमेरिकाको मिसिगनमा हराएको एउटा कुकुर ६ माइल पौडेर र १२ माइल भन्दा धेरै हिडेर घरमा आइपुगेको छ । गत सप्ताहन्तमा कुकुर मिसिगनको तालमा खसेको थियो । एडवार्ड कसस उनकी श्रीमति क्रिस्टिन र उनीहरुको परिवारको कुकुरसँगै एउटा तालमा बोटिङ गर्ने क्रममा १० महिनाको बेल्जियन मालेवा रायली नामको कुकुर तालमा खसेको थियो । डुंगाको इन्जिनमा आफूहरु प्राविधिक …

‘यस्तो पो तीज !’

अमेरिकाको भर्जिनियामा तीज महोत्सव सम्पन्न भएको छ । नेपालीहरुको बाक्लो उपस्थीति रहेको महोत्सवमा प्रमुख अतिथिका रुपमा पूर्व प्रधान न्यायाधीश एबम मन्त्री परिषदका पूर्व अध्यक्ष खिलराज रेग्मी सपरिवार पुग्नुभएको थियो । रेग्मीले महोत्सवको रौनकता हेर्दै आफूलाई अमेरिका होइन नेपालमै भएको अनुभव भएको बताउनुभयो । अमेरिका निवासी कलाकार रामप्रसाद खनालको पहलमा ९ बर्षदेखि अमेरिकामा तीज महोत्सव हुँदै …

अमेरिकामा जारी एनआरएनएको नवौं क्षेत्रीय सम्मेलन (फोटो फिचर )

गैर आवासीय नेपाली संघको नवौं क्षेत्रिय सम्मेलन अमेरिकाको न्युजर्सीमा जारी छ । शनिवार विहान ११ बजेदेखि सुरु सम्मेलनको उद्घाटन सत्र दिउसो साढे दुईबजे समापन भइसकेको छ । त्यतिबेलासम्मका सम्मका केही तस्विरहरु । तस्विर : अशोक पन्त  

अहा अर्गानिक !

अमेरिकाको मेरिल्याण्डको डेन्टोनमा अवस्थीत अर्गानिक फार्म । फार्मका संचालक लोक तिवारीले अधिकांश बिउ नेपालबाटै ल्याएर अमेरिकामा अर्गानिक तरकारी उत्पादन गरिरहेको जानकारी दिएका छन् । बिउ नेपाल बाहेक भारत र बंगालादेशबाट पनि भित्राइने गरेको छ । फोटो : खसोखास

डेलिसी डिनर

सुरसुधाले अगष्ट १३ तारिख शनिबार न्यूयोर्कमा गर्ने कार्यक्रमबारे जानकारी दिन ज्याक्सनहाइटमा पत्रकार एवं सामुदायिक भेटघाट कार्यक्रम गरिएको छ । नेपालका लागि पूर्बअमेरिकी राजदूत स्कट ए डेलिसीको उपस्थीतिमा कार्यक्रम गरिएको हो । एनआरएन आईसीसीका तर्फबाट अमेरिका क्षेत्रका लागि संयोजक सोनाम लामाको व्यक्तिगत स्पोन्सरमा डिनर कार्यक्रम राखिएको थियो । केही वर्ष अघि नेपालका लागि राजदूत रहेका डेलिसी सोरेब …

विमानबाट हेर्दा एटलान्टिक ओसनतिर

विमानबाट हेर्दा एटलान्टिक ओसन आसपासको द्रृश्य । यो तस्वीर नेपालबाट न्युयोर्क आउने क्रममा विमानबाट खसोखासका प्रधान सम्पादक किशोर पन्थीले मोबाइलबाट खिचेका हुन् ।

न्युयोर्कमा सामुहिक ब्रतबन्ध

  न्युयोर्कमा रिजउड नेपाली समाजले सामुहिक ब्रतबन्ध कार्यक्रम गरेको छ । रिजवुड नेपाली समाजले बिहिबार सामुहिक ब्रतबन्धको आयोजना गरेको हो । ब्रतबन्ध न्युयोर्कको उडसाइडमा रहेको सत्यनारायण मन्दिरमा गरिएको हो । पुरोहितले ११ जनाको सामुहिक ब्रतबन्ध गराएका हुन् । हिन्दु धार्मिक परम्परा अनुरुप छोरा मान्छेले आफ्नो सम्पूर्ण कर्मकाण्ड पूरा गर्नका लागि ब्रतबन्ध गर्नुपर्ने अनिवार्य नियम रहेको …

WP Facebook Auto Publish Powered By : XYZScripts.com