यसरी गरियो न्युयोर्कमा ९ बालिकाको बेलबिवाह (२८ तस्विर)


प्रकाशित मिति : असार २८, २०७४ बुधबार

नेवा: नख: न्युयोर्कको आयोजनामा न्युयोर्कमा चौंथो सामुहिक ईही (बेलबिबाह) सम्पन्न भएको छ । नेवा: गुभाजु (पुरोहित) समान्त बज्राचार्यज्यूले नेवा: परम्परा अनुशार ईही सम्पन्न गराउनु भयो। उहाँलाई गुरूमाजु पुष्पा बज्राचार्यज्यूले सहयोग गर्नु भएको थियो।

नख:का सचिव डा. नरेश मान शाक्य द्वारा संचालित कार्यक्रममा सहभागी सबैजनालाई नख:का कार्यबाहक अध्यक्ष श्री राजा शाक्यज्युले स्वागत ब्यक्त गर्नु भयो। महा-सचिब श्री महेन्द्र बीर बज्रचार्यज्युले संस्थाको परिचय, उधेश्य र गतिबिधी बारे जनाकारी गराउनुभयो र संस्थाका सल्लाहाकार अजय मान छोचूंज्युले इही को महत्वबारे प्रकाश पार्नुभयो।

न्युयोर्कको ज्याक्सनहाइटमा रहेको शेर्पा किदुगको भवनमा गरिएको सामुहिक ईहीमा ९ जना बालिकाहरु सहभागी रहेका थिए । ईही गर्ने बालिकाहरु आलिया महर्जन, आयुशी शाक्य, ईभान्सी महर्जन, ईप्शा महर्जन, कृषा महर्जन, लिजला मानन्धर, श्रृटी श्रेष्ठ, सिमोन डंगोल र येशिला महर्जन थार्चेन रहेका थिए ।

कार्यक्रममा उनीहरुका अभिभावकहरु, पत्रकारहरू, समुदायका सदस्यहरू, अमेरिकन अतिथीहरू लगायत भरजिनिया, बस्टन, मेरील्याण्ड र न्युजर्सीबाट पनि अतिथिहरू आउनु भएको थियो। उक्त कार्यक्रमा १५० जना जतिको उपस्थीति रहेको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उक्त अवसरमा संस्थाका उपाध्यक्ष विष्णुमान प्रधानले सवै सहभागी, अतिथि र सहयोगीहरूलाई धन्यवाद ज्ञापन गरेका थिए।

अमेरिकाबाट नेपालमा गएर ईही गर्दा खर्चिलो हुने भएकाले न्युयोर्कमै यसरी गरिएको परम्परागत इहीबाट अभिभावक र बालिकाहरु लाभान्वित भएको आयोजक संस्था नेवा: नख: न्युयोर्कका उपाध्यक्ष विष्णुमान प्रधानले जानकारी दिनुभयो । यस्ता कार्यक्रमबाट नेवारी मौलिक संस्कृतिको समेत संरक्षण र प्रबर्दन हुने उहाँको भनाई थियो ।

महिला स्वयमसेवकहरू नख:का सदस्यहरू नम्रता प्रधान, बिमला श्रेष्ठ, संगीता छोचूं, श्रुति अमात्य, अनिता बज्राचार्य, श्रीकमल शाक्य, उजिला प्रधान, लघु शाक्य, मोहिनी करेमाचार्य, कमला प्रधान, र पद्मा प्रधानहरूले सहभागीहरूकालागी पुजा तयारी र सगुन वितरण गरेका थिए भने, पुरूष स्वयमसेवक सदस्यहरू रमेश नकर्मी, दिपक कुमार प्रधान, देवेन्द्र बज्राचार्य, सुजन श्रेष्ठ, सुमन कर्माचार्य, सुनित श्रेष्ठ, निकेश महर्जन, उमेश श्रेष्ठ र मिल्लेनियम श्रेष्ठले कार्यक्रममा उल्लेखनीय सहयोग पुर्याउनुका साथै सहभागीलाई ब्यबस्थित तरिकाले समय बजी खुवाएका थिए। बिहानको ब्रेकफास्ट को स्पोन्सर स्वयमसेवी पद्मा प्रधानज्यूले गर्नु भएको थियो ।

ईनेप्लीज डटकमकी सच्चि मैनालीले उक्त कार्यक्रमको प्रत्यक्ष प्रसारण गरेकी थिईन भने भक्त तामांगले फोटो खिचेका थिए ।

नेवा: नख: न्युयोर्क नेवारी परम्परा, कला र संस्कृतिको संरक्षण र प्रबर्दनकालागि न्युयोर्कमा स्थापना गरिएको संस्था हो । यो संस्थाले समुदायको हिरतका लागी बिभिन्न कार्यक्रमहरु गर्दै आएको छ। नेवा: कला संस्कृतिको क्षेत्रमा काम गर्दै आएको यो संस्थाका कार्यवाहक अध्यक्ष राजा शाक्य, उपाध्यक्ष विष्णु मान प्रधान, महासचिव महेन्द्र बीर बज्राचार्य, सचिव डा. नरेश मान शाक्य, कोषाध्यक्ष मनोज कुमार महर्जन, सदस्यहरु रमेश नकर्मी, किरण शाक्य, नम्रता प्रधान, मिना श्रेष्ठ, प्रज्वल प्रधान, बिमला श्रेष्ठ, संगिता छोंचू, सुजन श्रेष्ठ, देबेन्द्र बज्राचार्य र संजन प्रधान रहेका छन् र संस्थाका सल्लाहाकार अजय मान छोचूं हुनुहुन्छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com