डिभी स्पोन्सर, टीपीएस, बी थ्री भिसा बिल, वर्क परमिट र एसाइलमबारे आधादर्जन अपडेट (भिडियो )


प्रकाशित मिति : जेष्ठ ३०, २०७८ आईतबार

पछिल्लो चरणमा अमेरिकी अध्यागमनका क्षेत्रमा कैयन परिवर्तनहरु आएका छन् । डिभी, टीपीएस, भिसा र एसाइलमबारेका झण्डै आधादर्जन परिवर्तन भएका छन् ।

एकातिर डिभी २०२१ का विजेताहरु अन्यौलमा छन् भने अर्कोतर्फ डिभी २०२२ का विजेतालाई यथाशीघ्र डीएस २६० फर्म भर्न अमेरिकी दूतावासले काठमाडौंले सुझाव दिएको छ । डीएस २६० भर्दा अमेरिकाको ठेगाना र स्पोन्सरबारे जानकारी आवश्यक पर्नसक्छ । डिभीका लागि स्पोन्सर गर्नेले कस्तो फर्म भर्नुपर्छ ? यो परिवारमा आधारित स्पोन्सर फर्मभन्दा के फरक छ ? स्पोन्सर गर्नेको आम्दानी कति हुनुपर्छ ?

यसबारे खसोखासका प्रधानसम्पादक किशोर पन्थीका साथमा अमेरिकाका चर्चित नेपाली कानून व्यवसायी रमेश श्रेष्ठ ।

त्यस्तै अध्यागमन सुविधाका आवेदनमा शीघ्र प्रकृयाबारे युएससीआईएसले नीति अपडेट गरेको छ । आवेदकलाई थप कागजात पेश गर्ने मौका नदिईकनै आवेदन अस्वीकार गर्ने ट्रम्पकालिन नीति खारेज गरिएको छ भने केही आवेदन पेन्डिंग भएको सन्दर्भमा वर्क परमिट २ बर्षको दिइने भएको छ

गैरकानूनी रुपमा सिमाक्षेत्रबाट प्रवेश गरेका टीपीएसवाहकहरुलाई ग्रिनकार्ड नदिइने सर्वोच्चले स्पष्ट पारेको छ । यस अगाडि विगतमा गैरकानूनी उपस्थीति भएका टीपीएसवाहक अमेरिकाबाहिर गएर आउँदैमा उनीहरु स्टाटस एड्जस्ट गर्नका लागि योग्य नहुने भन्दै युएससीआईएसबाट जारी मेमोपनि कार्यान्वयनमा नै छ । उनीहरुलाई विगतमा गल्तीले ग्रिनकार्ड दिइएको तर ग्रिनकार्ड पाइसकेकाहरुलाई कुनै असर नगर्ने र नयाँले नपाउने मेमोमा उल्लेख थियो ।

बाइडेन प्रशासनले इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसका वकिलहरुलाई देशनिकालाको कुन मुद्दा अगाडि बढाउने र कुन मुद्दा छाड्ने भन्ने सन्दर्भमा अझ धेरै तजविज अधिकार दिने भएको छ ।

अमेरिकामा रहेका ग्रिनकार्डवाहक र नागरिक आफन्तहरुलाई विदेशमा रहेका आफन्तहरुले भेट्न आउनका लागि बी थ्री श्रेणीको भिजिटर भिसाको व्यवस्थासहितको बिल संसदमा पेश गरिएको छ । यो बिल पारित भएमा अमेरिकामा रहेका ग्रिनकार्डवाहक र नागरिकका विदेशमा रहेका आफन्तहरु ९० दिनसम्म बी थ्री श्रेणीको  भिसामा अमेरिका आउन सक्नेछन् ।

आगामी जुलाई ६ बाट न्युयोर्क लगायतका अध्यागमन अदालतमा हिराशतमा नरहेकाहरुको पनि सुनुवाई सुचारु गरिनेछ । विगतमा सुनुवाई स्थगित भएकाहरुले के गर्ने ? जुलाई ६ पछि सुुनवाई तय भएकाहरुले कस्तो तयारी गर्ने ? नेपालीका २ हजारबढी आवेदन न्युयोर्कका अदालतमा पेन्डिंग रहेको अवस्थामा विशेष टिप्सहरु दिइनेछ । नेपालीका टीपीएसका कागजातको अवधि झण्डै साढे ३ महिना बाँकी छ । डिभी २०२१ का विजेतालाई भिसा पाउनुपर्ने अवधि पनि झण्डै साढे ३ महिना बाँकी छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com