अमेरिकी नागरिक र ग्रिनकार्डवाहकका आफन्त सहजै अमेरिका आउन बी थ्री भिसाबारेको बिल सदनमा


प्रकाशित मिति : जेष्ठ १९, २०७८ बुधबार

अमेरिकामा रहेका ग्रिनकार्डवाहक र नागरिक आफन्तहरुलाई विदेशमा रहेका आफन्तहरुले भेट्न आउनका लागि बी थ्री श्रेणीको भिजिटर भिसाको व्यवस्थासहितको बिल संसदमा पेश गरिएको छ । यो बिल पारित भएमा अमेरिकामा रहेका ग्रिनकार्डवाहक र नागरिकका विदेशमा रहेका आफन्तहरु ९० दिनसम्म बी थ्री श्रेणीको  भिसामा अमेरिका आउन सक्नेछन् ।

रिपब्लिकन सिनेटर र्याण्ड पल र डेमोक्रेटिक सिनेटर रिचर्ड ब्लुमेन्थलले यो बिल सिनेटमा सावैजनिक गरेका हुन् । यो बिल प्रतिनिधिसभामा डेमोक्रेटिक सांसद स्कट पिटर्स र रिपब्लिकन सांसद मारिया अल्भिरा सलाजारले पेश गरेका थिए । अस्थायी परिवार भेटघाट ऐन नामको यो बिल दुईदलका सांसदका तर्फबाट पेश गरिएकाले पारित हुने सम्भावना रहेको छ ।

बिलको पूर्ण पाठ यहाँ पढ्नुहोला ।

यो बिलले आफन्त भन्नाले दम्पत्ति, २१ बर्ष मुनीका छोराछोरी, २१ बर्ष नाघेका विवाहित र अविवाहित छोराछोरी, नातिनातिनी, बुबाआमा, हजुरबा हजुरआमा, दाजुभाई दिदीबहिनी, काकाकाकी, भतिजा, भतिजी, भान्जाभान्जी लगायत पर्छन् । बिल पारित भएमा उनीहरु बी थ्री भिसामा अमेरिकामा रहेका नागरिक वा ग्रिनकार्डवाहक आफन्तलाई भेट्न आउनसक्नेछन् ।

अहिलेसम्म बी थ्री भिजिटर भिसामा अमेरिकी नागरिक वा ग्रिनकार्डवाहकका आफन्तहरु सक्छन् तर यो भिसामा आउँदा आवेदक अमेरिकामा ओभरस्टे हुनसक्ने वा अमेरिकामा नै बसेर स्वदेश नफर्कने प्रावधानको मूल्यांकन गरिने भएकाले यो भिसामा जारी हुनमा समस्या हुने गरेको छ । जसका कारण अमेरिकामा रहेका नागरिक वा ग्रिनकार्डवाहकका आफन्तलाई भिसा पाउनमा समस्या हुने गरेको छ । जसका कारण बी थ्री भिसा आवश्यक रहेको बिल सार्वजनिक गर्ने सांसदहरुको तर्क छ ।

अमेरिकाको गैर आप्रवासी भिसा पाउनका लागि आवेदकहरुले भिसाको अवधि सकिएपछि अमेरिकामा नबस्ने र स्वदेश फर्कने कुरा विश्वास दिलाउन सक्नुपर्छ । त्यसका लागि स्वेदशमा विभिन्न प्रकारका सम्बन्धहरु स्थापित गर्नुपर्छ । तर बिल पारित भएमा बी थ्री भिसामा आउने आफन्तहरुलाई अमेरिकी ग्रिनकार्डवाहक र नागरिकले स्पोन्सर गर्न सक्नेछन् ।

स्पोन्सर गरिसकेपछि अमेरिकामा रहेका ग्रिनकार्डवाहक र नागरिकहरुले विदेशबाट बी थ्री भिसामा आउने आफन्तहरुले गैर कानूनी रुपमा कुनै काम नगर्ने कुराको ग्यारेन्टी गर्नेछन् । जसका कारण बी थ्री भिसा आवेदकले स्वदेश फर्कनका लागि स्वदेशमा बलियो सम्बन्ध स्थापित गर्न आवश्यक हुनेछैन । अमेरिकामा नबस्ने र स्वदेश फर्कने कुरा विश्वास दिलाउन सक्नेहरु भने बी टु भिसामा पनि अमेरिका आउन सक्नेछन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com