टीपीएसबाहकलाई विगतमा गल्तीले ग्रिनकार्ड दिइएको र अबदेखि नदिने युएससीआईएसको भनाई


प्रकाशित मिति : भाद्र १५, २०७७ सोमबार

विगतका अमेरिकामा गैरकानुनी उपस्थीति भएका टीपीएसवाहक अमेरिबाहिर गएर आउँदैमा उनीहरु ग्रिनकार्डमा स्टाटस एड्जस्टका लागि योग्य नहुने युएससीआईएसले जनाएको छ । तर विगतमा ग्रिनकार्ड पाइसकेका टीपीएसवाहकहरुलाई भने यो निर्णयले कुनै असर नपार्ने युएससीआईएसले स्पष्ट पारेको छ । साथै ग्रिनकार्डको आवेदन पेन्डिङ रहेकाहरुलाई पनि यो निर्णयले असर नगर्ने जनाइएको छ ।

खासगरी अमेरिकामा विगतमा गैरकानुनी उपस्थीति भएका कतिपय टीपीएसवाहकहरु एड्भान्स परोलमा अमेरिकाबाहिर गएर फर्केपछि रोजगार वा परिवारमा आधारित ग्रिनकार्डका लागि आवेदन दिंदा कतिपय आवेदकहरु ग्रिनकार्ड प्राप्त गर्न सफल भएका थिए ।

इमिग्रेशन एण्ड नेशनालिटी एक्टको सेक्सन २४४, एफ, थ्री अन्तरगत अगस्त २० पछि एड्भान्स परोलमा अमेरिका छाडेका र फर्किएका टीपीएसवाहकहरुका सन्दर्भमा यो निर्णय लागु हुने भएको छ । यही मितिमा एड्मीनिस्ट्रेटिभ अपिल्स अफिसको निर्णय स्वीकार गरिएको युएससीआईएसले जनाएको छ ।

एड्भान्स परोल लिएर अमेरिकाबाहिर गएर आएका टीपीएसवाहकहरु अमेरिका छाड्नु अगाडि जुन स्टाटसमा रहेका थिए, त्यही स्टाटसमा नै रहने तथा एड्भान्स परोलबाट बाहिर गएर आउँदैमा नयाँ स्टाटस कायम नहुने पोलीसी मेमोमा जनाइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पोलसी मेमो पढ्नुहोस्

एड्भान्स परोलमा बाहिर गएर आउने टीपीएसवाहकका सन्दर्भमा भविश्यमा ग्रिनकार्डका लागि आवेदन दिन अमेरिकामा नीरिक्षण वा परोल्डको मापदण्ड पूरा नहुने युएससीआईएसले स्पष्ट पारेको थियो ।

युएससीआईएसको नीति निर्माणका कार्यकारी निर्देशक जोसेफ एड्लोले टीपीएस अस्थायी खालकोमात्र सुविधा भएको र यसले ग्रिनकार्ड वा नागरिकतामा जान बाटो दिन नहुने बताएका छन् । विगतमा यो कानुन अपूरो रहेका कारण र गलत व्याख्या गरिएका कारण कतिपय टीपीएसवाहकले ग्रिनकार्ड पाएको उनले बताएका छन् ।

संसदले टीपीएसको व्यवस्था गर्दा लिएको आशयलाई तोडमोड गरेका कारण गल्तीवश विगतमा टीपीएसवाहकहरु ग्रिनकार्डको बाटोमा जान सकेको उनको भनाई छ ।

अमेरिकामा झण्डै ९ हजार टीपीएसवाहक नेपालीहरु रहेका छन् । उनीहरुको टीपीएसको कागजातको अवधि आगामी जनवरीको पहिलोसातासम्म रहेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com