बाइडेन प्रशासनले ग्रिनकार्डवाहक लगायतका देशनिकालाका मुद्दा अगाडि नबढाउने


प्रकाशित मिति : जेष्ठ २२, २०७८ शनिबार

बाइडेन प्रशासनले इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसका वकिलहरुलाई देशनिकालाको कुन मुद्दा अगाडि बढाउने र कुन मुद्दा छाड्ने भन्ने सन्दर्भमा अझ धेरै तजविज अधिकार दिने भएको छ । यो कदमले भारीभरकम भएको अध्यागमन अदालत प्रणालीमा नयाँ मुद्दाको चाङ लाग्नबाट सिमित गर्नसक्ने जनाइएको छ ।

साथै ग्रिनकार्डवाहक, बुढाबुढी, गर्भवती, स्वास्थ्य समस्या भएका र लामोसमयदेखि अमेरिकामा बस्दै आएकाहरु देशनिकाला हुनबाट बच्न सक्नेछन् । आइसका अभियोजनकर्ताहरुलाई पठाइएको नयाँ मेमोमा उनीहरुबिरुद्धका देशनिकालाका मुद्दालाई यत्तिकै खारेज गर्नसक्ने अधिकार आइसका वकिलहरुलाई दिइएको छ ।

मानवीय धरातलका आधारमा पनि देशनिकालाको मुद्दा अगाडि बढाउने वा खारेज गर्ने भन्ने सन्दर्भमा निर्णय लिन मेमोमार्फत सुझाव दिइएको छ । यदि देशनिकालाको सामना गरिरहेको व्यक्ति केयरगिभर भएको खण्डमा वा कुनै अपराधको शिकार भएको खण्डमा समेत उनीहरुलाई मानवीय धरातलका आधारमा देशनिकालाको प्रकृया अगाडि नबढाउन सुझाव दिइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ट्रम्प प्रशासनको नीतिलाई उल्टाउने गरी बाइडेन प्रशासनले यो कदम चालेको हो । ट्रम्प प्रशासनको बेलामा आइसले निकै आक्रमक रुपमा देशनिकालाको प्रकृयालाई अगाडि बढाएको थियो । जस अन्तरगत जोखिमपूर्ण व्यक्तिहरु समेत देशनिकालामा परेका थिए । बाइडेन प्रशासनको मेमोमा आइसका वकिलहरुलाई सकेसम्म छिटो देशनिकालाको मुद्दा अगाडि बढाउने वा खारेज गर्ने भन्ने सन्दर्भमा तजविज अधिकार प्रयोग गर्न सुझाव दिइएको छ ।

अध्यागमन अदालतमा १३ लाख मुद्दाहरु अनिर्णित अवस्थामा रहेको बेलामा यो मेमो आएको हो । यो संख्या ट्रम्प प्रशासनको बेलामा भन्दा दोब्बर हो । कोरोनाको महामारीका कारण पनि अध्यागमन अदालतमा मुद्दाको ब्याकलग बढेको हो ।

आइसका प्रमुख वकिल जोन ट्रासभिनाले मेमोमार्फत अभियोजनकर्ताले देशनिकालाको प्रकृयामा रहेको व्यक्तिको अमेरिकामा बलियो पारिवारिक सम्बन्ध भए नभएको, कामको इतिहास र समुदायलाई अन्य योगदानजस्ता विषयहरुको समेत मूल्यांकन गर्नुपर्ने सुझाव दिएका छन् । यदि देशनिकालाको सामना गरिरहेको व्यक्तिले वा उसको परिवारका कसैले अमेरिकी सेनामा काम गरिरहेको भएमा पनि देशनिकालाको मुद्दा खारेज गर्नसकिने अधिकार दिइएको छ ।

तोकिएका मापदण्डहरु पूरा नगरेका र गम्भिर प्रकारका अपराधमा संलग्नहरुको देशनिकालाको मुद्दामात्र अगाडि बढाउन मेमोमार्फत प्रोत्साहित गरिएको छ । अब अदालतमा रहेका १३ लाख मुद्दाहरुमध्येपनि कुन मुद्दालाई अगाडि बढाउने र कुन मुद्दालाई अगाडि नबढाउने भन्ने सन्दर्भमा मार्गचित्र निर्माण भएको तथा प्रोसिक्युटोरियल डिस्क्रिशन पीडी प्रभावकारी कानून कार्यान्वयनको विशेषता रहेको अमेरिकन इमिग्रेशन लयर एसोसिएसनका ग्रेग चेनको भनाई छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com