चीन भ्रमण गर्ने योजनामा रुसी राष्ट्रपति पुटिन


प्रकाशित मिति : बैशाख १४, २०८१ शुक्रबार

Russia Putin

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगमी मे महिनामा चीन भ्रमण गर्ने योजना बनाउनुभएको रुसी समाचार एजेन्सी तासलाई उद्धृत गर्दै क्योडोले जनाएको छ । गत मे ७ मा पाँचौँ कार्यकाल सुरु भएपछि पुटिनको यो पहिलो विदेश भ्रमण हुनेछ ।

पुटिनले बिहीबार रुसी युनियन अफ इन्डस्ट्रियलिस्ट एन्ड इन्टरप्रेन्योर कंग्रेसको सम्बोधनमा आफ्नो मे महिनामा चीनको भ्रमण तय भएको उल्लेख गर्नुभयो ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन बेइजिङ आइपुगेको केही समयपछि पुटिनको यस्तो घोषणा आएको हो ।

चिनियाँ राष्टङपति सी जिनपिङले यसै महिनाको सुरुमा बेइजिङमा रूसी विदेशमन्त्री सेर्गेई लाभरोभसँग भेट गर्नुभएको थायो । उक्त समयमा लाभरोभ र सीबीच छ वर्षमा पहिलो पटक प्रत्यक्ष छलफल भएको थियो । लाभरोभ र सीबीच सन् २०१८ मा पुटिन पुनः निर्वाचित भएपछि चीनको उद्घाटन भ्रमणभन्दा ठिकअघि भेट भएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यसबेलादेखि चीन र रुसले विशेषगरी युक्रेनमा पुटिनको युद्धपछि आफ्नो आर्थिक, व्यापार र कूटनीतिक सहकार्यलाई तीव्र बनाएका छन् ।

युक्रेन युद्धमा आफ्नो तटस्थता दावी गरे पनि चीन रुसका लागि महत्त्वपूर्ण आर्थिक साझेदारको रूपमा देखापरेको छ र उसले रुसको एक्लिएको अर्थतन्त्रलाई महत्त्वपूर्ण समर्थन प्रदान गरेको छ । दुई राष्ट्रले पश्चिमी नियन्त्रण प्रयासहरूको विरुद्ध कूटनीतिक गठबन्धन पनि गरेका छन् ।

अन्य देशहरूले रुसी आयातमा प्रतिबन्ध लगाएपछि बेइजिङले निरन्तर रुसी तेल आयात गरिरहेको छ ।

पुटिनको पछिल्लो बेइजिङ भ्रमण सन् २०२३ अक्टोबरमा बेल्ट एन्ड रोड फोरमको समयमा भएको थियो । त्यस्तै सीले सन् २०२३ मार्चमा मस्कोको भ्रमण गर्नुभएको थियो । – एएनआई

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com