के सबै प्रकारका चिनी प्रशोधन गर्दा गाई भैसीजस्ता जनावरको हड्डीबाट बनेको बोनचार प्रयोग हुन्छ?


प्रकाशित मिति : मंसिर ४, २०८० सोमबार

होइन । सबै चिनी प्रशोधन गर्दा गाई भैसीजस्ता जनावरको हड्डीबाट बनेको बोनचार प्रयोग गरिएको हुदैन । बोनचार सामान्यतया उखुबाट बनाइने चिनी प्रशोधन गर्न प्रयोग गरिन्छ । तर सुगर बीट वा मकै जस्ता अन्य स्रोतहरूबाट चिनीको उत्पादन गर्दा अन्य फिल्टरिंग विधिहरू प्रयोग गरिएको हुनसक्छ । केही चिनी उत्पादकहरुले बोनचारको साटो दानेदार सक्रिय कार्बन वा आयन एक्सचेन्ज रेजिन्स जस्ता वैकल्पिक विधिहरू पनि प्रयोग गर्छन्। कुन प्रक्रियाबाट चिनी प्रशोधन गरिएको छ भन्ने थाहा पाउन चिनी निर्मातासँग बुझ्नु उत्तम हुन्छ।

यद्यपी अधिकांश चिनी बनाउँदा जनावरको हड्डीको प्रयोग गरिदै आएको छ । त्यसैकारण मासमेलोज, बियर र बजारमा बोतलमा प्याक गरिएका केही सुन्तलाका जुसलाई समेत भिगन उत्पादन मानिदैन । कफी, कुकिज, केक लगायतमा प्रयोग हुने प्रशोधित चिनी या त उँखुबाट बनाइएको हुन्छ या त गुलियो प्रकारको मुला प्रजातिको बिटबाट निर्माण गरिएको हुन्छ ।

दुबै प्रकारका चिनीहरु लगभग उस्तै हुन्छन् । त्यसमा पाइने तत्व पनि लगभग उस्तै उस्तै हुन्छ । तर बनाउने प्रकृया भने फरक हुन्छ । उँखुबाट चिनी बनाउँदा सुरुमा त्यसलाई पेलेर रस निकालिन्छ । अनि त्यसलाई क्रिस्टलाइज गर्नका लागि तताएर प्रशोधन प्रकृयामा लगिन्छ ।

spoon of powder
Photo by Alexander Grey

त्यसपछि फिल्टर गरेर बोन चारको प्रयोग गरेर ब्लीच गरिन्छ । बोनचारको प्रयोग गरेर ब्लीच गरेकै कारण चिनीमा सेतो रंग आउँछ । त्यही बोनचार जनावरको हड्डीबाट बनाइएको हुन्छ । अधिकांश बोनचार गाईको हड्डीबाट बनाइन्छ । उँखुको चिनी बनाउँदा चिनीको सम्सर्ग बोनचारसँग गराइन्छ ।

अधिकांश चिनी उद्योगहरुले गाईको हड्डीबाट बनाइएको बोन चार प्रयोग गर्छन् । बोनचार बनाउनका लागि हड्डीलाई उच्च तापक्रममा तताएर त्यसमा भएको कार्वन निकालिन्छ । अनिमात्र त्यसलाई चिनीको प्रशोधनमा प्रयोग गरिन्छ । बोनचार बनाउन प्रयोग हुने हड्डी भारत, पाकिस्तान लगायतका मुलुकमा  गाइबस्तुबाट प्रयोग गरिन्छ । जसको निर्यात विश्वभर हुँदै आएको छ ।

यसरी उत्पादित चिनीभित्र हड्डीको कुनैमात्रा त हुँदैन तर चिनी हड्डीसँग प्रत्यक्ष घोलमाल भने हुन्छ । बोनचारले चिनीमा भएको असुद्धतालाई हटाउने काम गर्छ । तर चिनीको भाग भने बन्दैन ।

उँखुको साटो सुगर बिटबाट बनाइने अधिकांश चिनीमा बोनचारको प्रयोग हुँदैन । यसबाट निस्केको जुसलाई डिफ्युजरको प्रयोगबाट क्रिस्टलाइज गरिन्छ । उँखुबाट उत्पादन हुने चिनीमा बोनचारको प्रयोग हुने भएपनि सबै चिनी उद्योगहरुले बोनचारको प्रयोग नगरेका हुनसक्छन् । उनीहरुले त्यसको साटो दानेदार कार्वनको समेत प्रयोग गर्न सक्छन् । जसमा जनावरको उत्पादन प्रयोग भएको हुँदैन ।

चिनीको स्वाद लिएर यसमा बोनचारको प्रयोग भएनभएको थाहा पाउन सकिदैन । यद्यपी बोन चार प्रयोग नभएका केही प्रमाणित चिनीहरु बजारमा किन्न पाइन्छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com