न्युयोर्क निवासी २९ बर्षीया टिकटक स्टार इभा इभान्सले झुण्डिएर प्राण त्यागिन्


प्रकाशित मिति : बैशाख १२, २०८१ बुधबार

न्युयोर्क निवासी २९ बर्षीया टिकटक स्टार इभा इभान्सले झुण्डिएर प्राण त्यागेकी छिन् । उनको शव अपार्टमेन्टमा झुण्डिएको अवस्थामा फेला परेको साथीले देखेपछि प्रहरीलाई खबर गरेका थिए । इभा इभान्सले कुनै पनि मानसिक स्वास्थ्य समस्याको सामना गरिरहेकोबारे आफूले थाहा नपाएको उनको निवासको चाबी समेत भएका साथीले प्रहरीले बताएका थिए ।

घटनास्थलमा एउटा नोट फेला परेको बताइएको छ । उनको टिकटकमा ३ लाखभन्दा बढी फ्लोअर छन् भने इन्स्टाग्राममा झण्डै ३० हजार फ्लोअर रहेका छन् । इभान्सको मृत्यु पहिलो पटक उनकी बहिनी लिलाले इन्स्टाग्राम मार्फत घोषणा गरेकी थिइन्।

person holding black iphone 5

इभान्सको मृत्यु ३६ वर्षीया टिकटक स्टार काइल मारिसा रोथको निधन भएको केही दिनपछि भएको हो। रोथको मुख्य टिकटक एकाउन्ट गत महिना प्लेटफर्मबाट हटाइएको थियो भने उनले हालै अप्रिल ७ मा नयाँ एकाउन्टबाट पोष्ट गरेकी थिइन् । त्यसको केहीदिनमा उनले आफ्नो ज्यान लिएकी हुन् ।

इभान्सले अमेजन प्राइम भिडियो वेब शृंखलामा पनि निर्देशन र अभिनय गरेकी थिइन्, जुन गत वर्ष पाँच भागका साथ सार्वजनिक भएको थियो । उनको मृत्युको खबर फैलिएपछि इभान्सलाई चिन्नेहरूले श्रद्धांजलि व्यक्त गरेका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com