थप कागजात पेश गर्ने मौका नदिइकनै अध्यागमन आवेदन अस्वीकार गर्नसक्ने ट्रम्पकालिन नीति खारेज


प्रकाशित मिति : जेष्ठ २६, २०७८ बुधबार

थप कागजात नमागिकनै विभिन्न प्रकारका अध्यागमन आवेदन अस्वीकार गर्नसक्ने ट्रम्पकालिन नीति युएससीआईएसले खारेज गरिदिएको छ । सन् २०१८ को जुलाईमा जारी मेमोले आवेदकलाई थप कागजात पेशा गर्ने मौका नदिइकनै आवेदन अस्वीकार गर्नसक्ने अधिकार युएससीआईएसका अधिकारीहरुलाई प्रदान गरेकोमा उक्त नीति खारेज गरिएको हो ।

सन् २०१३ को जुनमा ओबामा प्रशासनका पालामा आवेदकलाई थप कागजातको मौका पेश गर्नका लागि युएससीआईएसका अधिकारीहरुले पत्र पठाउनुपर्ने मेमो जारी गरिएको थियो । जस अनुशार कुनै अध्यागमन आवेदन स्वीकृत गर्नका लागि योग्यता पूरा नभएको खण्डमा युएससीआईएसका अधिकारीहरुले आवेदकलाई योग्यताका मापदण्ड पूरा गर्न थप कागजात पेश गर्ने मौका दिनुपर्ने सिद्धान्त छ ।

थप कागजात वा प्रमाणको अनुरोध नामको उक्त पत्रमा युएससीआईएसका अधिकारीहरुले कस्ता कस्ता कागजात वा प्रमाण आवश्यक छ भन्ने सन्दर्भमा व्याख्या गरेर आवेदकलाई पठाउनुपर्छ । आवेदकले थप कागजातहरु पठाएर आफ्नो आवेदनका लागि योग्यता प्रदर्शन गर्न र आवेदन स्वीकृत गराउन सक्छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यस्तै ट्रम्पकालिन नीतिमा नोटिस अफ इन्टेन्ड टु डिनाई अर्थात् आवेदन अस्वीकार गर्ने आशयको पत्र नपठाइकनै युएससीआईएसका अधिकारीहरुले आवेदन अस्वीकार गर्नसक्ने प्रावधान कायम गरिएको थियो । उक्त प्रावधानलाई खारेज गरेर अब आवेदकलाई नोटिस अफ इन्टेन्ड टु डिनाई अर्थात् आवेदन अस्वीकार गर्ने आशयको पत्र पठाउनुपर्ने नीति लागु गरिएको छ । जस अनुशार आवेदकले आवेदनमा प्रमाण पेश गर्नका लागि थप समय पाउँछन् ।

आज जारी नयाँ नीति अनुशार युएससीआईएसका अधिकारीहरुले सिधै आवेदन अस्वीकार गर्नु अगाडि सामान्यतया थप कागजात पेश गर्ने मौका सहितको वा आवेदन अस्वीकार गर्ने आशयको पत्र पठाउनुपर्नेछ । यदि आवेदकले थप प्रमाणहरु पेश गरेको खण्डमा अध्यागमन सुविधाका लागि अयोग्यतामाथि जीत हासिल गर्नसक्छन् भन्ने अधिकारीले निर्धारण गरेको खण्डमा थप कागजात पेश गर्ने मौका सहितको वा आवेदन अस्वीकार गर्ने आशयको पत्र पठाउनुपर्नेछ ।

अपडेट गरिएको नीतिबारे विस्तारमा यहाँ पढ्नुहोला ।

तर कुनै आवेदनमा योग्यताका लागि पुग्ने प्रमाणहरु आवेदकले पहिले नै पेश गरेको छ भने अनावश्यक रुपमा थप कागजातको माग नगर्न समेत नयाँ नीतिमा जोड दिइएको छ । कुनै अध्यागमन सुविधाको योग्यताका लागि प्रयाप्त प्रमाणहरु पेश गरेको अवस्थामा समेत अनावश्यक कागजातको माग सहितका पत्रहरु आएको भन्दै युएससीआईएसको आलोचना हुने गरेको छ । साथै कुनै आवेदनमा अयोग्यताका लागि प्रयाप्त आधार रहेको खण्डमा पनि थप कागजात नमागी आवेदन अस्वीकार गर्न जोड दिइएको छ ।

आवेदन स्वीकृत गर्नका लागि कानूनी आधार नै नरहेको र थप कागजात पेश गर्दा पनि स्वीकृत हुने सम्भावना नरहेको अवस्थामा भने थप कागाजतको मौका नदिइकनै आवेदन अस्वीकार गर्न सकिने अधिकार दिइएको छ ।

त्यस्तै नयाँ नीतिमा अधिकारीले कस्तो अवस्थामा र कसरी थप कागजातको अनुरोध सहितको पत्र पठाउने वा आवेदन अस्वीकार गर्ने आशयको पत्र पठाउने भन्ने सन्दर्भमा पनि थप प्रष्ट पारिएको छ । साथै सुरुमा थप कागजातको अनुरोध सहितको पत्र वा आवेदन अस्वीकार गर्ने आशयको पत्र नपठाइकनै आवेदन अस्वीकार गर्नसक्ने अवस्थाहरुलाई पनि सिमित गरिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com