ग्रिनकार्ड, वर्कपरमिट लगायतका अध्यागमन आवेदन ५ श्रेणीमा परेमा शीघ्र निर्णय, मापदण्ड अपडेट


प्रकाशित मिति : जेष्ठ २६, २०७८ बुधबार

कैयन प्रकारका आवेदनमा निर्णय गर्न युएससीआईएसले लामो समय लगाइरहेको सन्दर्भमा निश्चित प्रकारका आवेदनमा छिटो फैसला दिने नीति पुनस्र्थापना गरिएको छ । आवेदनबारे शीघ्र निर्णयका मापदण्ड र अवस्थाहरुबारे आज युएससीआईएसले नीति अपडेट गरेको हो ।

नयाँ नीति अनुशार युएससीआईएसले कुन आवेदनमा शीघ्र फैसला आवश्यक छ भन्ने निर्धारण गर्नका लागि नयाँ मापदण्डहरुको प्रयोग गर्ने भएको छ । युएससीआईएसले नीति निर्देशिकामा कस्ता कस्ता मापदण्डहरु पूरा गरेको खण्डमा आवेदन शीघ्र निर्णयको लागि योग्य हुन्छ भन्ने स्पष्ट पारेको छ ।

अमेरिकामा अध्यागमन सुविधाका लागि आवेदन दिएकाहरुले आफ्नो आवेदनबारे शीघ्र निर्णयका लागि अनुरोध गर्नसक्ने प्रावधान रहेको छ । तर युएससीआईएसले हरेक केस अनुशार त्यस्ता अनुरोधबारे निर्णय लिने गर्छ । र मापदण्ड पूरा गरेकाहरुलाई शीघ्र फैसला दिने गर्छ ।

नयाँ नीति अनुशार आईआरएसबाट गैर नाफामुलक संस्थाका रुपमा मान्यता पाएका संस्थाका तर्फबाट अमेरिकाको सामाजिक र सांस्कृतिक रुचीमा पर्ने आवेदनबारे शीघ्र फैसलाका लागि अनुरोध गर्नसक्ने प्रावधानलाई पुनस्थापना गरेको छ । त्यस्ता आवेदनमा अतिरिक्त शुल्क तिरेर प्रिमियम प्रोसेस गर्नसक्ने प्रावधान भएपनि नियमित आवेदनमा समेत युएससीआईएसले शीघ्र निर्णय दिनेछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अपडेट गरिएको नीति विस्तारमा यहाँ पढ्न सक्नुहुनेछ ।

देशनिकालाका प्रकृयामा रहेका वा देशनिकालाको अन्तिम आदेश पाएकाहरुका सन्दर्भमा कुनै अध्यागमन सुविधाका लागि गरिएको अनुरोधमा शीघ्र प्रकृया गर्दा युएससीआईएस र आइसबीचको समन्वयमा गरिनेसमेत स्पष्ट पारिएको छ ।

विभिन्न ५ प्रकारका मापदण्ड पूरा गरेका आवेदनका सन्दर्भमा युएससीआईएसले शीघ्र निर्णय दिने नीति रहेको छ ।

यदि व्यक्ति वा कम्पनीलाई गम्भिर प्रकारको आर्थिक क्षति हुने अवस्था भएको खण्डमा समयमा फाइल गरिएका आवेदनका सन्दर्भमा युएससीआईएसले शीघ्र निर्णय दिनसक्नेछ । यो मापदण्ड अनुशार कम्पनीले केसबारे छिटो निर्णय नभए गम्भीर आर्थिक क्षति भोग्नुपर्ने, कम्पनी असफल हुने, महत्वपूर्ण सम्झौता गुम्ने वा अन्य कर्मचारीहरूलाई हटाउनुपर्ने अवस्था आउनसक्ने अवस्था प्रमाणित गर्न सक्नुपर्छ ।

उदाहरणका लागि कुनै मेडिकल अफिसमा डाक्टरको वर्क परमिटको अवधि खाली हुन गएमा उसका सहायकहरुले समेत काम छाड्नुपर्ने अवस्था आएमा शीघ्र निर्णयको योग्यताभित्र पर्नेछ । तर एक्लै काम गर्नका लागिमात्र आवेदकलाई वर्क परमिट आवश्यक पर्ने र कम्पनी वा अन्य व्यक्तिलाई नोक्सान नहुने भएमा भने शीघ्र निर्णयको योग्यता नपुग्नसक्छ ।

त्यस्तै आपतकालिन वा जरुरी मानवीय कारणहरु रहेको खण्डमा पनि आवेदनमा शीघ्र निर्णयको अनुरोध गर्न सकिन्छ । उदाहरणका लागि यदि व्यक्ति सिकिस्तै बिरामी भएको खण्डमा उपचारका लागि यात्रा गर्न महत्वपूर्ण आवश्यकता भएमा यो मानवीय कारणमा पर्नसक्छ ।

गैर नाफामुलक संस्थाका रुपमा मान्यता पाएका संस्थाका तर्फबाट अमेरिकाको सामाजिक र सांस्कृतिक रुचीमा पर्ने आवेदनबारे शीघ्र निर्णय गर्न सकिने प्रावधान आजबाट थपिएको हो । युएससीआईएसले प्रिमियम प्रोसेसको सुविधा भएका आवेदनमा सामान्यतया शीघ्र निर्णयको अनुरोध स्वीकार नगर्ने भएपनि गैर नाफामुलक संस्थालाई भने छुट दिइएको छ ।

अमेरिकाका रक्षा मन्त्रालय, श्रम मन्त्रालय, गृहमन्त्रालय वा सार्वजनिक सुरक्षा तथा राष्ट्रिय सुरक्षाका सन्दर्भमा जरुरी आवेदनहरु भएमा पनि युएसीआईएसले शीघ्र निर्णय दिनेछ । अमेरिकी सरकारको रुचीमा पर्ने त्यस्ता आवेदनहरु शीघै निर्णयका लागि योग्य हुन्छन् ।

त्यस्तै युएससीआईएसको गल्तीको मापदण्डभित्र पर्ने आवेदनहरु पनि शीघ्र निर्णयका लागि योग्य हुनेछन् ।

आवेदनबारे शीघ्र निर्णयका लागि कसरी अनुरोध गर्ने भन्नेबारे थाहा पाउन यहाँ क्लीक गर्नुहोला ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com