राष्ट्रपति डोनाल्ड ट्रम्पबाट राष्ट्रिय संकटकाल घोषणा (लाइभ भिडियो)


प्रकाशित मिति : फाल्गुन ३०, २०७६ शुक्रबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विशेष पत्रकारसम्मेलनमार्फत राष्ट्रिय संकटकालको घोषणा गरेका छन् । कोरोना भाइरसबाट प्रभावित अमेरिकनहरुलाई प्रत्यक्ष सहायता उपलब्ध गराउनका लागि ट्रम्पले राष्ट्रिय संकटकालको घोषणा गरेका हुन् ।

कोरोना फैलिने मुख्य माध्यम हात, उपलब्ध भएसम्म सेनिटाइजर होइन साबुन पानीको प्रयोग गर्न सुझाव

संकटकालको घोषणापछि अरु क्षेत्रमा छुट्याइएको बजेट कोरोना संक्रमणसँग जुध्नका लागि प्रयोग गर्न सकिनेछ ।

स्टाफोर्ड ऐन अन्तर्गत राष्ट्रपतिले “संक्रामक रोग आपतकालिन घोषणा” गर्न सक्ने प्रावधान रहेको छ । संकटकाल घोषणापछि संघीय आपतकालीन व्यवस्थापन एजेन्सीलाई राज्य र स्थानीय सरकारहरूलाई आपतकालीन राहत कोष प्रदान गर्नका साथै कोरोनाभाइरस नियन्त्रणमा संघीय सहयोग पुर्‍याउँछ।

विमानमा यात्रा गर्दै हुनुहुन्छ ? यसरी रहनुहोस् कोरोनाबाट सुरक्षित

आपतकालिन घोषणाहरू प्राय प्राकृतिक प्रकोपहरूमा प्रयोग गरिने भएपनि प्रकोप फैलिएको सन्दर्भमा पनि प्रयोग गर्न सकिन्छ।अमेरिकामा अहिलेसम्म १८ सय ८६ मा कोरोनाको संक्रमण पुष्टी भइसकेको छ ।

अमेरिकामा कोरोना संक्रमणबाट ४१ जनाको मृत्यु भइसकेको छ भने आजमात्रै थप १८९ मा संक्रमण पुष्टी भएको छ ।

कोरोना भाइरसबारे ५ हल्ला र सत्यकुरा : लिसा मारागाकिस, बरिष्ठ निर्देशक, जोन हप्किन्स मेडिसिन

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com