कोरोना फैलिने मुख्य माध्यम हात, उपलब्ध भएसम्म सेनिटाइजर होइन साबुन पानीको प्रयोग गर्न सुझाव


प्रकाशित मिति : फाल्गुन ३०, २०७६ शुक्रबार

अमेरिकाको टेनेसीमा रहेको भेण्डरविल्ट विश्वविद्यालयमा संक्रामक रोग विभागमा कार्यरत प्रोफेसर विलियम शेफनरले कोरोना भाइरस फैलिने माध्यम हात भएको बताएका छन् । संक्रमित विरामीले खोक्दा वा हाछ्यु गर्दा त्यसका थोपा पर्दाको अवस्थाबाहेक कोरोना फैलिने मुख्य माध्यम हात नै रहेको उनको भनाई छ ।

त्यसैले साबुन पानीले राम्रोसँग हात धुनु नै कोरोना संक्रमणबाट बच्ने मुख्य उपाय रहेको उनले बताएका छन् । कुनै नयाँ बस्तु छोइसकेपछि हात धुन वा सेनिटाइजरको प्रयोग गरेरमात्र अनुहारको भागमा छुन डाक्टरले सुझाव दिएका छन् ।

विमानमा यात्रा गर्दै हुनुहुन्छ ? यसरी रहनुहोस् कोरोनाबाट सुरक्षित

 

एसियाका विभिन्न देशमा मास्कको प्रयोग सामान्य मानिने भएपनि अमेरिकामा मास्कको प्रयोग सामान्य नमानिने भएकाले मास्क प्रयोग गर्दा समुदायमा झन् आशंका बढ्ने र प्रश्न खडा हुने भएकाले मास्कको प्रयोग गर्न सुझाव दिइएको छैन । मास्कको प्रयोगबाट कोरोना संक्रमणबाट सुरक्षित हुन नसकिने पनि डाक्टरहरुले बताएका छन् ।

मेडिकल प्रयोजनका लागि अत्यन्तै फिट हुने खालका मास्कहरु प्रयोग गर्न सकिने तर त्यस्ता मास्क आम सर्वसाधारणका लागि अभ्यासमा रहेका छैनन् । यदि कसैले विरामी अनुभव गरेको छ भने मास्क प्रयोग गर्दा अरुलाई सर्नबाट बच्न सकिने भएपनि बिरामी अनुभव गरेकालाई घरबाहिर ननिस्कन सुझाव दिइएको छ ।

कोरोना भाइरसबारे ५ हल्ला र सत्यकुरा : लिसा मारागाकिस, बरिष्ठ निर्देशक, जोन हप्किन्स मेडिसिन

विमानमा यात्रा गर्नेहरुका लागि पनि सतहमा छोइसकेपछि सेनिटाइजर प्रयोग गरेर वा हात धोएरमात्र अनुहारमा हात लैजान सुझाव दिइएको छ । हातधुँदा कम्तीमा २० सेकेण्डसम्म धुन र साबुनपानी नभएको अवस्थामामात्र ह्याण्ड सेनिटाइजरको प्रयोग गर्न सीडीसीले सुझाव दिएको छ । सेनिटाइजरमा ६० प्रतिशतभन्दा धेरै अक्लोहोलको मात्रा हुन जरुरी छ ।

फ्याक्ट चेक : यसरी फैलिन्छ कोरोना भाइरस, मास्क लगाउने र अन्यले अपनाउनुपर्ने सावधानी

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com