फ्याक्ट चेक : यसरी फैलिन्छ कोरोना भाइरस, मास्क लगाउने र अन्यले अपनाउनुपर्ने सावधानी


प्रकाशित मिति : फाल्गुन २५, २०७६ आईतबार

कोरोना भाइरसको संक्रमणबारे विभिन्न भ्रमहरु रहेका छन् । तर कोरोना भाइरस संक्रमणको तरिकाबारे फैलिएका भ्रमलाई अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनले चिर्नलाई केही जानकारीहरु दिएको छ ।

सीडीसीका अनुशार यो भाइरस व्यक्तिबाट व्यक्तिमा फैलिन्छ । कोरोना संक्रमित व्यक्तिको ६ फिटभन्दा नजिकको सम्पर्कमा गएको खण्डमा कोरोना संक्रमित हुने सम्भावना रहन्छ । व्यक्तिले खोक्दा वा हाछ्यु गर्दा त्यहाँ मसिनो स्वासप्रवाहको थोपाहरु निस्कन्छ । उक्त थोपा नजिकको व्यक्तिको अनुहारको कुनै भाग वा नाकमा पर्नसक्छ । यदि खोक्ने वा हाछ्यु गर्ने व्यक्ति कोरोना सक्रमित छ भने र नजिकको व्यक्तिले त्यस्तो थोपा फोक्सोमा स्वासप्रश्वास भएमा कोरोना संक्रमण हुन्छ ।

यदि कुनै व्यक्ति बिरामी देखिदैन र लक्षणहरु देखिएका छैनन् भने पनि त्यस्तो व्यक्तिमा कोरोना संक्रमण भएको खण्डमा उसले अरुलाई संक्रमित बनाउनसक्छ । यद्यपी लक्षण देखिएका र बिरामी भइसकेकाहरुले छिटो संक्रमित गराउँछन् । लक्षण नदेखिदै पनि संक्रमित गराउनसक्ने देखिएकोभएतापनि यो नै संक्रमणको मुख्यमार्ग भने होइन ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यदि स्वस्थ्य व्यक्तिले कोरोना भाइरस भएको सतह वा कुनै बस्तु छोएको खण्डमा र त्यसपछि आँखा, नाक, मुखमध्ये कुनै अंगमा छोएको खण्डमा भाइरस संक्रमणको खतरा रहन्छ । तर यसलाई पनि संक्रमणको मुख्य मार्ग भने मानिएको छैन ।

कतिपय भाइरसहरु सजिलै अर्कोमा संक्रमण हुने बर्गमा पर्छन् भने कतिपय भाइरसहरु सजिलै सर्दैनन् । तर कोरोना भाइरस भने सजिलै सर्ने र समुदायमा फैलिने श्रेणीको भाइरस हो ।

यसर्थ यदि तपाईले कोरोना भाइरस रहेको आशंका हुने कुनै नौलो सतह वा बस्तु छुनुभएको छ भने तत्कालै सेनिटाइजरको प्रयोग गर्नुहोला । कसैसँग हात मिलाइसकेपछि वा कसैलाई छोइसकेपछि सेनिटाइजरको प्रयोग नगरीकन वा राम्रोसँग हात नधोइनक आफ्नो अनुहारमा हात नलैजानुहोला ।

कोरोना भाइरसबारे ५ हल्ला र सत्यकुरा : लिसा मारागाकिस, बरिष्ठ निर्देशक, जोन हप्किन्स मेडिसिन

यदि तपाईले मास्कको प्रयोग गर्नुभएको छ भने कुनै सतह वा व्यक्तिलाई छोइसकेपछि हातमा सेनिटाइजर नलगाइन अनुहारमा हात लगेर मास्क नमिलाउनुहोला । खोक्दा वा हाछ्यु गर्दा मुख छोपेर गर्नुहोला । साथै खोक्ने वा हाछ्यु गर्ने व्यक्तिको नजिक नजानुहोला ।

यदि तपाईले मास्क लगाउनुभएको छ तर तपाईको नजिकमा रहेको कोरोना संक्रमितले खोक्दा वा हाछ्यु गर्दा त्यसको रेस्पोरेटोरी ड्रपलेट तपाईको अनुहारको कुनै भागमा परेमा तपाईलाई कोरोना संक्रमण हुनसक्छ । त्यस्तै यदि तपाईले मास्क लगाउनुभएको छ र कोरोना भाइरस रहेको कुनै सतह वा व्यक्तिलाई छोइसकेपछि हातमा सेनिटाइजर नलगाइन अनुहारमा हात लगेर मास्क मिलाउनुभयो भने पनि तपाईलाई कोरोना सक्रमण हुनसक्छ ।

सीडीसीको सहयोगमा

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com