विमानमा यात्रा गर्दै हुनुहुन्छ ? यसरी रहनुहोस् कोरोनाबाट सुरक्षित


प्रकाशित मिति : फाल्गुन २७, २०७६ मंगलबार

विश्वभर कोरोना संक्रमितको संख्या १ लाख १६ हजार नाघिसकेको छ । मृतकको संख्या ४ हजार ९१ पुगिसकेको छ । यो अवस्थामा विमानमा यात्रा गर्दा कोरोना संक्रमण हुने त्रासले कैयनले आफ्ना टिकटहरु रद्द गरेका छन् भने अत्यावश्यक यात्रा समेत पछिका लागि सारेका छन् ।

यदि तपाई विमानमा यात्रा गर्दै हुनुहुन्छ भने केही सावधानीहरु अपनाउन सक्नुहुनेछ । विमानको क्याबिनमा रहेको हवाका बारेमा तपाई चिन्तित हुनुपर्दैन । तर विमानमा यात्रा गर्दा ह्याण्ड स्यानिटाइजर बोक्न सुझाव दिइएको छ ।

यात्रा औषधी विशेषज्ञ डाक्टर रिचार्ड दाउदले विमानमा यात्रा गर्दा आफ्नो हातले कुन स्थानमा छुँदैछु भन्नेबारेमा सावधानी अपनाउन सुझाव दिएका छन् । विमानस्थलमा रहेका ह्याण्ड्रेलहरुमा छुंदा विशेष सावधानी अपनाउन भनिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

साथै विमानस्थल र विमानका ट्वाइलेटमा ढोकामा रहेका ह्याण्डलहरु र ट्वाइलेटभित्रका भागहरु बढी फोहोर हुने भएकाले ती स्थानमा छुंदा सावधानी अपनाउनुहोला । अर्थात् छुनै परेमा राम्रोसँग सावुन पानीले हात नधोई वा सेनिटाइजरको प्रयोग नगरी आफ्नो हातले अनुहारका भागमा नछुन सुझाव दिइएको छ ।

विमानमा बस्ने सिट, ट्रे टेबल, हातराख्ने आर्मरेस्ट, रिमोट कन्ट्रोल लगायतलाई वाइप वा सेनिटाइजरले पुछेरमात्र बस्न सुझाव दिइएको छ । विमानभित्र रहेको हावाका कारण भने भाइरस संक्रमणको डर नहुने जनाइएको छ ।

फ्याक्ट चेक : यसरी फैलिन्छ कोरोना भाइरस, मास्क लगाउने र अन्यले अपनाउनुपर्ने सावधानी

आधुनिक जेटहरुमा क्याविनमा फैलिने हावा १० देखि ५० प्रतिशतसम्म बाहिरको हावासँग मिसिएरमात्र फैलिने व्यवस्था गरिएको हुन्छ । साथै क्याविनभित्रको हावा घण्टामा २० देखि ३० पटकसम्म विशेष प्रकारको फिल्टरबाट छानिने व्यवस्था गरिएको हुन्छ ।

यद्यपी कसैले खोक्दै वा हाछ्यु गर्दैछ भने त्यस्ता व्यक्तिबाट टाढै रहन सुझाव दिइएको छ । साथै यदि तपाईले विरामी अनुभव गरिरहनुभएको छ भने खोक्दा वा हाछ्यु गर्दा पुरै अनुहार छोपेर वा कुहिनोमा अनुहार लुकाएरमात्र गर्न सुझाव दिइएको छ ।

कोरोना भाइरसबारे ५ हल्ला र सत्यकुरा : लिसा मारागाकिस, बरिष्ठ निर्देशक, जोन हप्किन्स मेडिसिन

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com