इमिग्रेशन अपडेट - Page 6 of 69 - KHASOKHAS

इमिग्रेशन अपडेट

एसाइलम मुद्दाको अवस्था अनलाइनमा हेर्न मिल्ने युएससीआइएसको औपचारिक घोषणा

अमेरिकी सरकारको सिटिजनसिप एण्ड इमिग्रेशन सर्भिसेज युएससीआईएसले अब एसाइलमका आवेदनको अवस्था पनि अनलाइनमार्फत हेर्न सकिने व्यवस्था गरिएको घोषणा गरेको छ । सोमबार युएससीआईएसले गरेको घोषणा अनुशार अब युएससीआईएसमा पेन्डिङ अवस्थामा रहेका आवेदनको अवस्था अनलाइनमार्फत हेर्न सकिने भएको छ । युएससीआईएसको औपचारिक घोषणा अगाडि नै शुक्रबार खसोखासले यस सम्बन्धमा समाचार प्रकाशित गरेको थियो । अमेरिकी अध्यागमन …

एसाइलम आवेदन दिनेहरुलाई आजदेखि अदालती प्रकृयासम्म मेक्सिको पठाउन सुरु

अमेरिकी सरकारले मेक्सिकोको सिमाक्षेत्रबाट अमेरिका प्रवेश गरेर अमेरिकामा एसाइलमका लागि आवेदन दिनेहरुलाई आजदेखि अदालती प्रकृयासम्मका लागि मेक्सिको पठाउन सुरु गरेको छ । एसाइलमका सन्दर्भमा ट्रम्प प्रशासनले ल्याएको सबैभन्दा ठूलो परिवर्तनका रुपमा हेरिएको उक्त नीति अन्तरगत अब उनीहरुले मेक्सिकोमा नै बसेर अदालती प्रकृया कुनुपर्नेछ । यस अगाडि त्यसरी अमेरिका प्रवेश गरेर एसाइलम खोज्नेहरुलाई ‘क्याच एण्ड रिलिज’को …

अब एसाइलमको आवेदनको अवस्थापनि अनलाइनबाट हेर्न मिल्ने

अमेरिकामा युएससीआईएसमा आवेदन दिइएको एसाइलमको आवेदनको अवस्थापनि अनलाइनबाट हेर्न मिल्ने भएको छ । युएससीआईएसको वेवसाइटमा गएर रिसिप्ट नम्बर हालेर आफ्नो आवेदनको अवस्थाबारे बुझ्न सकिने भएको छ । अहिलेसम्म एसाइलमका केसको अवस्था अनलाइनबाट हेर्न मिल्ने व्यवस्था थिएन । युएससीआईएसले गरेको यो विकाश आवेदकका लागि निकै फलदायी हुने विश्वास गरिएको छ । अटोमेटिक केस अपडेट सेट गरेका आवेदकका …

अमेरिकामा अस्थायी कृषि कामदार पठाउन पाउने ८४ देशको सुची प्रकाशित

अमेरिकाले अस्थायी कृषि कामदार पठाउन योग्य ८४ देशहरुको सुची प्रकाशित गरेको छ । यी देशहरुले अमेरिकामा अस्थायी कृषि कामका लागि एच टु ए भिसामा कामदारहरु पठाउन सक्नेछन् । शुक्रबार होमल्याण्ड सेक्युरिटीकी सेक्रेटरीका तर्फबाट फेडरल रजिस्टरमा यो सुचना प्रकाशित गरिएको छ । अस्थायी कृषि कामदार पठाउन सक्ने विगतको सुचीमा मोजाम्बिक, पाराग्वे र सामोआलाई थप गरिएको छ …

सरकार शटडाउनका कारण स्थगित अध्यागमन मुद्दाको संख्या ६७ हजार नाघ्यो, एकसय बढी नेपाली

डिसेम्बर २२ देखि जारी अमेरिकी सरकार शटडाउनका कारण अमेरिकी अध्यागमन अदालतमा सुनुवाई तय भएका ६७ हजार भन्दा धेरै अध्यागमनबारेका मुद्दाहरुको सुनुवाई स्थगित भएको छ । ती मुद्दाहरुको नयाँ सुनुवाई मिति २ बर्ष वा त्यो भन्दा बढी समय पछि सर्न सक्ने जनाइएको छ । सुनुवाई स्थगित भएका अधिकांश मुद्दाहरु एसाइलमका मुद्दाहरु रहेका छन् । अमेरिकाको इतिहासमा …

सरकार शटडाउनले न्युयोर्कको अध्यागमन अदालतमा ५३२० एसाइलम मुद्दाको सुनुवाई स्थगित

डिसेम्बर २२ देखि जारी अमेरिकी सरकार शटडाउनका कारण न्युयोर्कको अध्यागमन अदालतमा सुनुवाई तय भएका ५३२० मुद्दाको सुनुवाई स्थगित भएको छ । अमेरिकाभर भने ४२ हजार भन्दा धेरै अध्यागमनबारेका मुद्दाहरुको सुनुवाई स्थगित भएको छ । ती मुद्दाहरुको नयाँ सुनुवाई मिति २ बर्ष वा त्यो भन्दा बढी समय पछि सर्न सक्ने जनाइएको छ । सुनुवाई स्थगित भएका अधिकांश …

यी हुन् अमेरिकी सरकार शटडाउनका कारण एसाइलम स्थगित हुने नेपाली

अमेरिकी सरकार शटडाउनका कारण ४२ हजार अध्यागमन सुनुवाई स्थगितहुँदा प्रभावित हुने नेपालीहरुको संख्या पनि उल्लेख्य रहेको छ । डिसेम्बर २२ देखि जारी अमेरिकी सरकार शटडाउनका कारण हरेकदिन ४ देखि ७ जना नेपालीका एसाइलमका मुद्दाहरु स्थगित भएका छन् । क्रिशमस, नयाँ बर्ष, सप्ताहन्त लगायतका विदाहरुबाहेक यो अवधिमा अमेरिकी अध्यागमन अदालत झण्डै १४ दिन खुल्नुपर्नेमा यी दिनहरुमा …

अमेरिकी सरकार शटडाउनका कारण ४२ हजार अध्यागमन सुनुवाई स्थगित, नेपाली प्रभावित

डिसेम्बर २२ देखि जारी अमेरिकी सरकार शटडाउनका कारण अमेरिकी अध्यागमन अदालतमा सुनुवाई तय भएका ४२ हजार भन्दा धेरै अध्यागमनबारेका मुद्दाहरुको सुनुवाई स्थगित भएको छ । ती मुद्दाहरुको नयाँ सुनुवाई मिति २ बर्ष वा त्यो भन्दा बढी समय पछि सर्न सक्ने जनाइएको छ । सुनुवाई स्थगित भएका अधिकांश मुद्दाहरु एसाइलमका मुद्दाहरु रहेका छन् । अमेरिकाको इतिहासमा …

अमेरिकी अध्यागमनले वालविवाह गर्नेका साढे ८ हजार ग्रिनकार्ड स्वीकृत गरेको खुलासा

अमेरिकी अध्यागमनले बालविवाह गर्नेका साढे ८ हजार ग्रिनकार्ड स्वीकृत गरेको अमेरिकी सिनेटको समितिको अनुसन्धानबाट खुलासा भएको छ । युएससीआईएसले अमेरिकामा रहेका बालबालिकाका विदेशमा रहेका १८ बर्ष नाघेका श्रीमान्श्रीमति वा अमेरिकामा रहेका १८ बर्ष नाघेका व्यक्तिका विदेशमा रहेका १८ बर्षभन्दा कम उमेरका श्रीमान्श्रीमतिका लागि ग्रिनकार्ड स्वीकृत गरेको हो । सन् २००७ देखि सन् २०१७ सम्म अमेरिकामा …

फरबरी भिसा बुलेटिन : पारिवारिक आधारमा यी नेपालीले पाउनेछन् ग्रिनकार्ड

अमेरिकी सरकारको विदेशमन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले फरबरी महिनाका लागि भिसा बुलेटिन जारी गर्दै पारिवारिक आधारमा नेपालीहरुले फाइल गर्नुपर्ने ग्रिनकार्डको नयाँ मिति सार्वजनिक गरेको छ । अमेरिकी नागरिकका अविवाहित छोराछोरी, अमेरिकी ग्रिनकार्ड होल्डरका दम्पत्ति र छोराछोरी, ग्रिनकार्ड होल्डरका २१ बर्ष नाघेका अविवाहित छोराछोरी, अमेरिकी नागरिकका विवाहित छोराछोरी र अमेरिकी नागरिकता प्राप्त व्यक्तिका दाजु भाई दिदीबहिनीहरुका …

WP Facebook Auto Publish Powered By : XYZScripts.com