अमेरिकामा एसाइलम खोज्ने आप्रवासीलाई पनि अपराधी राख्ने जेलमा !


प्रकाशित मिति : जेष्ठ २९, २०७६ बुधबार

अमेरिकामा एसाइलम खोज्ने आप्रवासीहरुलाई समेत अपराधी राख्ने जेलमा पठाउन थालिएको खुलासा भएको छ । निजी कम्पनीबाट संचालित लुजियानाको अपराधी राख्ने तीनवटा जेलमा गत फरबरीदेखि एसाइलम दावी गरेका आप्रवासीहरुलाई समेत पठाउन थालिएको रिपोर्ट मदर जोन्सले प्रकाशित गरेको छ ।

आइसले यो महिनादेखि अपराधी राख्ने चौथो जेललाई पनि सिमाक्षेत्रमा आएर एसाइलम दावी गर्ने आप्रवासीलाई राख्नमा प्रयोग गर्न सुरु गरेको छ । जेलको व्यवस्थापन परिवर्तन गरिएपनि ती जेलहरु अपराधी राख्नका लागि डिजाइन गरिएका जेलहरु हुन् । अमेरिकामा कागजपत्रविहिन आप्रवासीहरुलाई राख्ने छुट्टै अध्यागमन जेलहरु रहदै आएका छन् ।

यो महिनादेखि आप्रवासी राख्न सुरु गरिएको लुजियानाको वीन करेक्सनल सेन्टरमा अपराधीहरु र आप्रवासीहरु गरी १५ सय जनालाई राखिएको छ । आइसले उक्त जेलमा कतिजना राखिएको भन्नेबारे नबताएपनि जेलका एकजना अधिकारीहरुले भने वीन जेलमा एकहजार भन्दा धेरै आप्रवासीहरुलाई राख्न लागिएको बताएका छन् ।

ट्रम्प कार्यकालमा आइसले निजी र अपराधी राख्न बनाइएका जेलहरुमा आप्रवासी राख्नका लागि सम्झौता गर्ने क्रम बढेको जनाइएको छ । लुजियानालाई आप्रवासीहरुलाई जेल हाल्ने अमेरिकाकै सबैभन्दा खराब स्थान मानिन्छ । अमेरिकाका अध्यागमन जेलमा आप्रवासीहरु नअट्ने भएपछि निजी जेलहरुमा राख्ने क्रम बढेको हो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com