अमेरिकी सरकारले थप्यो कामदार भिसाका आई १२९ आवेदन अस्वीकार गर्ने २ कारण


प्रकाशित मिति : जेष्ठ २२, २०७६ बुधबार

अमेरिकी सरकारले कामदार भिसा एच, एल लगायत ओ, पी, क्वु, आर लगायतका भिसाका लागि आवश्यक फर्म आई १२९ अस्वीकार गर्ने कारणहरु बढाएको छ । अगस्त ५ देखि लागु हुने गरी युएससीआईएसले आवेदक वा सेवाग्राहीको नाम र प्राथमिक अमेरिकी कार्यालयको ठेगाना नभएका आवेदनहरु अस्वीकार गर्ने भएको छ ।

युएससीआईएसले हस्ताक्षर नभएका, उपयुक्त शुल्क नभएका, मान्यताप्राप्त नगरेका तेश्रो पार्टीले आवेदकका तर्फबाट हस्ताक्षर गरेका लगायतका आवेदनहरु अस्वीकार गर्दै आएका छन् । छुटेका सुचनाहरुका कारण युएससीआईएसले अस्वीकृत गरेका फर्महरु सामान्यतया पुन भरेर वा सच्याएर पठाउन सकिने युएससीआईएसले जनाएको छ ।

तर संख्यात्मक सिमितता लगायका कारणले परिमार्जन गरेर पठाइएका आवेदनहरु खारेज वा अस्वीकृत समेत हुने गरेका छन् । त्यसैले सुरुमा नै सबै विवरणहरु ठीक तरिकाले उल्लेख गरेर पठाउन युएससीआईएसले सचेत गराएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com